‘अबको लडाँई ओली र प्रचण्डबिरुद्ध’- डा. गोविन्द केसी

‘अबको लडाँई ओली र प्रचण्डबिरुद्ध’- डा. गोविन्द केसी

केन्द्रबिन्दु
0
Shares

डा. गोविन्द केसीले अबको आफ्नो लडाँई प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबिरुद्ध हुने प्रतिक्रिया दिएका छन्।

उनले प्रधानमन्त्रीले दुई तिहाइको दुरुपयोग गरेको आरोप समेत लगाएका छन् । आफुसंग भएको सहमति तोडेर ठूलो धोका  दिएको बताउदै केसीले आज  ४ बजेदेखि अनसन शुरु गर्ने बताएका छन् ।  यदपि इलाममा रहेका उनले अनसन स्थल कहा बस्ने भन्ने कुरा खुलाउन चाहेन।

सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गरेको थियो । आफ्ना माग पूरा गर्न मंगलबारसम्मको अल्टिमेटम दिएका डा. केसीले बुधबार बिहानै अनशन सुरू गर्ने घाेषणा गरेका थिए ।

केसीले यसअघि पुस १८ गते नै १६औं सत्याग्रह थाल्ने बताएका थिए। १५औं सत्याग्रहका क्रममा गत साउन १० गते सरकारसँग भएको सहमतिअनुसार चिकित्सा शिक्षा ऐन संशोधन लगायत माग सम्बोधन हुनुपर्ने डा केसीको माग छ।

सातै प्रदेशमा मेडिकल कलेज खोल्न प्रक्रिया अघि नबढेको, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको भर्ना सुरु नभएको लगायत माग सम्बाेधन नभएकाे डा. केसीको आरोप छ ।

Logo