सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गरेपछि डा. गोविन्द केसी १६ औ अनसन बस्ने भएका छन् ।
संसदीय समितिको निर्णय पर्खिरहेका डा. केसीले आज दिउसोबाट इलाममा अनसन बस्ने बुझिएको छ । आफ्ना माग पूरा गर्न मंगलबारसम्मको अल्टिमेटम दिएका डा. केसीले बुधबार बिहानै अनशन सुरू गर्ने घाेषणा गरेका थिए ।
केसीले यसअघि पुस १८ गते नै १६औं सत्याग्रह थाल्ने बताएका थिए। १५औं सत्याग्रहका क्रममा गत साउन १० गते सरकारसँग भएको सहमतिअनुसार चिकित्सा शिक्षा ऐन संशोधन लगायत माग सम्बोधन हुनुपर्ने डा केसीको माग छ।
डा. केसीले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डबिरुद्ध लड्ने प्रतिक्रिया दिएका छन्। यदपि उनले अनसन स्थल कहा बस्ने भन्ने कुरा खुलाउन चाहेन।
सातै प्रदेशमा मेडिकल कलेज खोल्न प्रक्रिया अघि नबढेको, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको भर्ना सुरु नभएको लगायत माग सम्बाेधन नभएकाे डा. केसीको आरोप छ ।





























प्रतिक्रिया