एजेन्सी । बाख्रा बलातकार गर्दागर्दै एक व्यक्ति रंगेहात पक्राउ परेका छन् । अफ्रिकी मुलुक मलावीको मचिन्जीमा बाख्रा बलात्कार गर्दागर्दै २१ वर्षका केनेडी कम्बानी रंगेहात पक्राउ परेका हुन् ।
उनले बाख्रासँग यौन कार्य गर्नका लागि अनुमति लिएको दाबी गरेका थिए । पक्राउ परेपछि मानिसहरुले किन बाख्रामाथि त्यस्तो कार्य गरेको ? भनेर सोध्दा कम्बानीले बाख्रामाथि बलात्कार गर्न आफूले अनुमति लिएको बताएका थिए । तर उनले अनुमति भने लिएका थिएनन् ।
बाख्रासँग करणी गरिरहेको अवस्थामा ती युवकलाई देख्दा सुरुमा त बाख्राधनीलाई चोरले बाख्रा चोर्न पो लागेको हो कि भन्ने लागेछ । त्यसपछि उनी केही छिमेकीसमेत लिएर चोर समाउने तयारी साथ बाख्रा भएको ठाउँमा पुगे । तर जब उनीहरु बाख्राको नजिक पुगे तब त ती युवकले बाख्रासँग अनैतिक कार्य गरिरहेको देखे ।
त्यसपछि उनीहरुले प्रहरीलाई बोलाएर ति युवकलाई पक्राउ गराए । प्रहरीले उनलाई पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाएको छ ।
गत नोभेम्बरमा अफ्रिकी देश जाम्बियामा एक युवकलाई गर्भवती बाख्रामाथि बलात्कार गरेको आरोपमा १५ वर्षको जेल सजाय सुनाइएको थियो ।





























प्रतिक्रिया