काठमाडौं । प्रधानमन्त्रीलाई प्रश्न सोध्न नदिएको भन्दै नेपाली कांग्रेसका सांसदहरुले प्रतिनिधिसभा बैठक अबरुद्ध गरेका छन् ।
संसदमा सार्वजनिक वक्तव्य दिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्नोक्तर गर्न नदिएको भन्दै कांग्रेस सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् ।
बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेपछि प्रमुख प्रतिपक्षी दलसहित सत्ता रुढ दलका सांसदहरुले प्रश्न गर्न समयको माग गरेका थिए।
तर सभामुखले प्रश्नको समय उपलब्ध नगराउँदा कांग्रेसका सांसदहरुले रोस्टम घेराउ गरेका हुन् । सांसदहरुले रोस्टम घेराउ गरेपनि सभामुख कृष्णबहादुर महराले संसद चलाउँदै अर्थ समितिका सभापतिलाई प्रतिवेदन पेश गर्न निर्देशन दिएका थिए ।
कांग्रेस सांसदहरुको होहल्लाका बीच अर्थ समितिको प्रतिवेदन पेस गरियो । प्रश्नको माग गर्दै कांग्रेससहित सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालकी सांसद सरिता गिरी र नेमकीपाका सांसदले प्रश्न गर्न पाउनु पर्ने भन्दै उठेका थिए। उनीहरुले अवरोध र हो हल्ला गर्ने क्रम नरोकिएपछि सभामुख महराले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।





























प्रतिक्रिया