विदा हटाएको चौतर्फि विरोधपछि १३ दिन सार्वजनिक बिदा थप्दै सरकार

विदा हटाएको चौतर्फि विरोधपछि १३ दिन सार्वजनिक बिदा थप्दै सरकार

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सरकारले थप १३ दिन सार्वजनिक बिदा थप गर्ने तयारी गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गठन गरेको मन्त्रीस्तरीय समितिले १३ दिन सार्वजनिक बिदा थप गर्ने प्रस्ताव गरेको हो ।

गृहमन्त्री रामबहादुर थापा, शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारीले १३ दिन बिदा थप गर्ने प्रस्ताव गरेका हुन् ।

प्रस्तावित विवरण अनुसार किराँत चार्ड उभौली र उधौलीका लागि दुई दिन, इदुल फित्र, बकरइद र मोहम्मद जयन्ती तीन दिन, किस्मस, एक दिन, तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्वे ल्होसारमा तीन दिन, छठ, ऋषि पञ्चमी, माघी पर्व, र जनै पूर्णिमामा एकएक दिन बिदा दिने प्रस्ताव समितिले गरेको छ । सँगै समितिले अन्य बिदा भने यथावत रहने बताएको छ ।
अन्नपूर्णबाट

Logo