काठमाडौं
संघीय संसदको सार्वजनिक लेखा समितिको अन्तर्गतको उप समितिले २ थान वाइडबडी विमान खरीद प्रक्रियामा ४ अर्व ३५ करोड ५६ लाख रुपियाँ अनियमितता भएको निष्कर्ष निकालेको छ ।
अनियमिततामा संलग्न रहको भन्दै पूर्वमन्त्री र पूर्वसचिव लाई कारवाहीको लागि सिफारिस गरिएको छ । वहालवाल मन्त्री र सचिव र निगमका महाप्रवन्धकलाई तत्काल निलम्वन गर्न उपसमितिले सिफारिश गरेको छ ।
वाइडबडीविमान खरिदमा कारवाहीका लागि सिफारिसमा पर्नेमा पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही, जितेन्द्रनाराण देव रहनुभएको छ भने उपसमितिले सिफारिस गरेको बहालवाला मन्त्री रवीन्द्र अधिकारी रहनुभएको छ ।
तत्कालीन निगमका अध्यक्ष प्रेमकुमार राई (सचिव) र शंकरप्रसाद अधिकारी तथा वहालवाला पर्यटन सचिव कृष्णप्रसाद देवकोटालाई कारवाहीको सिफारिस गरिएको छ । निगमको तत्कालीन अवस्थामा तालुक मन्त्रालयको सचिव निगमको अध्यक्ष रहने व्यवस्था थियो । तत्कालीन अवस्थामा मन्त्रालयका सचिव रहेका राई हाल गृह मन्त्रालयका सचिवमा हुनुहुन्छ । अधिकारीले करिब ६ महिना अगाडि अवकास पाइसक्नु भएको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया