काठमाडौं । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालत पुगेर पदभार सम्हालेका छन् । पदभार सम्हालेसँगै प्रधान न्यायाधीशका रूपमा सर्वोच्च अदालतको काम थालेका हुन् ।
प्रधान न्यायाधीशका रूपमा जबराले आज पहिलो पटक इजलास तोकेका छन्। उनले आज तोकेको पेशीको सूचीमा संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएका वरिष्ठ न्यायाधीश दीपकराज जोशी आउट भएका छन्।
संसदीय सुनुवाइ समितिमा मंगलबार राणाले आफू प्रधान न्यायाधीश भएमा समितिको निर्णयको सम्मान गर्ने बताएका थिए। यस्तै प्रधानन्यायाधीश राणाले वरिष्ठतम् न्यायाधीशका रूपमा न्याय परिषद् सदस्यका हैसियतले जोशीले पाउने सुविधा नदिन पनि सर्वोच्च प्रशासनलाई निर्देशन दिएका छन्।
वरिष्ठताका आधारमा परिषद् सदस्य रहने संवैधानिक व्यवस्था छ। प्रधान न्यायाधीशमा जोशी अस्वीकृत भएपछि वरिष्ठतम् न्यायाधीशका हिसाबले जोशी परिषद् सदस्य थिए।
प्रधान न्यायाधीशमा प्रस्तावित जोशी साउन १९ गते संसदीय सुनुवाइबाट अस्वीकृत भएका थिए। अस्वीकृत भए पनि जोशी न्यायाधीशका रूपमा भने कार्यरत नै थिए। जोशीलाई राजीनामा लागि दबाब दिइए पनि राजीनामा दिएका थिएनन्।
प्रधानन्यायाधीश जबराले आफ्नो शपथ र स्वागतमा समेत जोशीलाई सहभागी नगराउने निर्देशन दिएका थिए ।





























प्रतिक्रिया