केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

प्रधानन्यायधीशको अनुमाेदनदेखि सांसदहरुको आक्रोशसम्म

प्रधानन्यायधीशको अनुमाेदनदेखि सांसदहरुको आक्रोशसम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

‘नेपाली टोपीः हाम्रो गौरव, हाम्रो पहिचान’ (फोटोफिचर)

जागरुक युवा अभियान नेपालले ‘नेपाली टोपीः हाम्रो गौरव, हाम्रो पहिचान’ भन्ने नाराका साथ छैटौँ नेपाली टोपी दिवस मनाएको छ । कार्यक्रम अन्तर्गत मंगलबार बिहान राजधानी काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरियो ।

अभागी बाबु जसले छोराबुहारीलाई दागबत्ती दिनुपर्‍यो

मरेपछि छोराछोरीले आफ्नो चितामा दागबत्ती दिउँन भन्ने हरेक आमाबाबुको चाहना हुन्छ । हाम्रो समाजमा मरेपछि छोराले दागबत्ती दिएमा बैतर्णी तरिन्छ भन्ने जनविश्वास छ । छोरा नहुनेका छोरीहरुले पनि दागवत्ति दिदैं आएका छन् । तर त्यसको ठिक उल्टो हुँदा तपाई हाम्रो मनमा के होला ? त्यो कल्पनाको विषय छैन् । एक त्यस्ता अभागी बाबु जसले आफ्नै छोरा बुहारीको चितालाई दागबत्ती दिएर किरियामा बस्नु परेको छ ।

प्रधानन्यायाधीशका लागि चोलेन्द्र शमशेर जबराको नाम अनुमाेदन

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि चोलेन्द्र शमशेर जबराको नाम अनुमाेदन गरेको छ । समितिकाे मंगलबार बसेकाे बैठकले प्रधानन्यायाधीशमा जबराकाे नाम अनुमाेदन गरेको हो। संवैधानिक परिषद्ले गरेको सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि शमशेर प्रधानन्यायाधीश बन्ने पक्का भएको छ । समिति सभापति लक्ष्मणलाल कर्णले प्रधानन्यायाधीशमा संवैधानिक परिषद्काे सिफारिस अनुमाेदन भएको जानकारी दिए ।

ट्याक्सीको भाडा बढ्यो, प्रतिकिलोमिटर ५३ रुपैयाँ उठ्ने

ट्याक्सीको भाडा समायोजन भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले ट्याक्सीमा मिटर भाडा समायोजन गरेको हो । विभागले गत असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मङ्सिर पहिलो हप्तादेखि ट्याक्सीमा मिटर भाडा समायोजनको कामलाई अगाडि बढाएको हो।

लेखा कर्मचारीद्धारा महालेखा नियन्त्रक कार्यालयमा तालाबन्दी

‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ प्रति आपत्ति जनाउँदै आन्दोलनरत लेखा समूहका कर्मचारीहरुले महालेखा नियन्त्रक कार्यालयमा तालाबन्दी गरेका छन् । संघीय सरकार मातहत आफूहरुलाई परिचालन गर्ने व्यवस्था गर्न सरकारसँग पहल गरिदिन आग्रह गर्दै लेखा समूहका कर्मचारीहरुले काठमाडौंस्थित महालेखा नियन्त्रक कार्यालयमा मंगलबार बिहान १० बजेदेखि १२ बजेसम्म दुई घण्टा तालाबन्दी गरेका हुन ।

ससुरालीमा आफुलाई स्वागत नगरेको भन्दै ज्वाईद्धारा गोली प्रहार, ६ जनाको मृत्यु

थाइल्याण्डमा एक व्यक्तिले गोली प्रहार गरेर एकै परिवारका ६ जनाको हत्या गरेका छन् । नयाँ वर्षको अवसरमा भइरहेको रमाइलो कार्यक्रममा चुम्फोङ प्रान्तका सुचीप सोर्नसुङले गोली प्रहार गरेर दुई बालबालिका सहित एकै परिवारका ६ जनाको हत्या गरेका हुन् ।

न्यू इयर इभमा आपराधिक गतिविधि गर्ने ६० जना पक्राउ

‘सांसदलाई पासो थापियो, मिडियाको सम्पत्ती छानबिन होस्’- सांसद महत

घाँटीमा पासो लगाई नाबालिकाको हत्या, गाडिएको अवस्थामा शव फेला

सांसदको प्रश्न-‘पानीजहाज कुन ठाउँबाट चल्यो प्रधानमन्त्रीज्यू ?’

जथाभावी लेख्ने कर्मचारीलाई सरकारको कडा चेतावनी

प्रेस काउन्सिलले मनायो नेपाली टोपी दिवस

श्रृंखला खतिवडा वाणिज्य बैंकको ब्राण्ड एम्बास्डर नियुक्त

अदिती बुढाथोकी फरहान अख्तरको ‘इनसाइड एज २’ मा

अन्ततः विदा भए बलिउड हस्ति कादर खान

विश्वले नयाँ वर्ष २०१९ लाई कसरी स्वागत गर्‍यो ? १० तस्बिरमा

सन् २०१८ का विश्व चर्चित घटनाक्रम

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Skip This
Skip This
Logo