‘सांसदलाई पासो थापियो, मिडियाको सम्पत्ती छानबिन होस्’- सांसद महत

‘सांसदलाई पासो थापियो, मिडियाको सम्पत्ती छानबिन होस्’- सांसद महत

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसाको मंगलबारको बैठकमा नेपाली मिडियाको बिषयमा कुरा उठेको छ। जुम्लाका सांसद गजेन्द्र महतले बैठकमा विशेष समय लिएर बोल्दै नेपाली मिडिया संसद र सांसदविरुद्ध योजनावद्ध रुपले लागेको बताए।

उनले कर्मचारीले मिडियालाई सूचना चुहाएको आरोप लगाउँदै भने, “सभामुखज्यू, यहाँ मिडिया र कर्मचारीले मिलेर पासो थापेका छन् । केही सांसद पर्नुहुन्छ । हामीलाई पैसा कमायो भन्छन् । मन्त्री, सांसद, कर्मचारी र मिडियाको पैसा कति छ ? आयोग बनाएर  छानबिन गरौँ । त्यत्तिकै हिलो छ्याप्न पाइँदैन,”

नेपाली संचारमाध्यमले हिलो छ्यापेको आरोप लगाउंदै उनले काठमाडौंमा घर भएका सांसदले समेत घर भाडा बुझेको तथा मन्त्रीहरूले इन्धनको दोहोरो सुविधा उपयोग गरेको समाचार गलत भएको आशय व्यक्त गरे।  माननीय मन्त्रीहरूलाई अनपढ र गँवारको बिल्ला भिडाउने गरेको बताउंदै उनले भने,-“सभामुखदेखि माननीयसम्मले पीएको तलब आफैँले खान्छन् भनेजस्तो गरेर प्रचार गरिएको छ । नक्कली बिरामीको बिल बनाएर बिरामीको पैसा लैजान्छन् भनिएको छ ।’

आर्थिक वर्ष २०७४/७५को बजेट वक्तव्यमाथि बोल्न रोष्टममा उभिएका बेला आँसु झारेर चर्चित बनेका थिए ।

Logo