प्रतिनिधि सभाको मंगलवार बसेको बैठकमा पानीजहाजको प्रसङ्ग उठेको छ।
पुस १६ गतेबाट नेपालमा पानीजहाज चलाउने भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइलाई लिएर प्रतिपक्षी सांसदले सदनमा जवाफ माग गरेका हुन् ।
शून्य समयमा नेमकिपाका सांसद प्रेम सुवालले नेपालमा कुन ठाउँबाट पानी जहाज चल्यो भन्नेबारे सदनमा प्रधानमन्त्रीको जवाफको व्यवस्था गर्न माग गरेका हुन् । प्रधानमन्त्री ओलीले लेखिराख्नुस भनेर आफ्नो भनाइ राखेको बताउदै सांसद सुवालले त्यो पानी जहाज अहिले कहाँबाट चल्यो भन्ने संसद्लाई जानकारी दिने व्यवस्था गर्न अनुरोध गरे।
प्रधानमन्त्री ओलीले पुस १६ गतेबाट नेपालमा पानीजहाज चल्ने भएकाले चढ्न निम्तो समेत दिएका थिए।





























प्रतिक्रिया