काठमाडौं । न्यू इयर इभमा रमाइलो गर्ने गएका ४ युवतीसहित ६० जना प्रहरी नियन्त्रणमा परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले सोमवार राति ‘न्यू इयर इभ’को अवसरमा जथाभाबी होहल्ला गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने लगायत ६० जनालाई नियन्त्रणमा लिएको हो ।
इभको समयमा आपराधिक गतिविधि गर्नेहरूलाई नियन्त्रणमा लिईएको र आवश्यक कारवाहीको तयारी भईरहेको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।
अधिकांशलाई राजधानीको दरबामार्ग र ठमेल क्षेत्रबाट नियन्त्रणमा लिएको डिएसपी बोगटीले बताए । त्यस्तै प्रहरीले जुवा खेलिरहेको अवस्था ८ जनालाई नियन्त्रणमा लिएको छ।
स्वयम्भू क्षेत्रमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरूको साथबाट ४ लाख ५९ हजार रुपैयाँ समेत बरामद गरेको छ।
सुरक्षालाई ध्यानमा राख्दै न्यू इयर इभको लागि भन्दैं ६ सय सय भन्दा बढी प्रहरी खटाइएको थियो।































प्रतिक्रिया