काठमाडौँ
जागरुक युवा अभियान नेपालले बिगतका बर्षहरुमाझैँ यसबर्ष पनि अन्र्तराष्ट्रिय नेपाली टोपी दिवस भव्यरुपमा मनाउँदैछ ।
अभियानले बिगत ५ बर्ष देखि अंग्रेजी नयाँबर्ष अर्थात जनवरी १ का दिन अन्र्तराष्ट्रिय नेपाली टोपी दिवस मनाउदै आएको हो । यसवर्ष पनि छैठौं अन्र्तराष्ट्रिय टोपी दिवसको अवसरमा आयोजक जागरुक युवा अभियान नेपालले काठमाडौँको माइतीघर मण्डलामा भेला भई प्रभातफेरी कार्यक्रम गर्दैछ । त्यहाँबाट नयाँ बानेश्वर पुगेर कोणसभा गर्ने कार्यक्रम तय गरिएको छ । कार्यक्रममा सबै उमेर समुहका कलाकार, विद्यार्थी, विभिन्न पेशाकर्मीहरुको उल्लेख्य सहभागिता रहने आयोजकको विश्वास छ । यस्ता कार्यक्रमले लोप हुने अवस्थामा पुगेको राष्ट्रियतालाई उजागर गर्न प्रेरित गर्ने र आफूपनि आजको कार्यक्रममा सहभागी हुने कलाकार शुभेक्षा थापाले बताइन् ।
अंग्रेजी नयाँबर्ष मनाउनु नराम्रो कुरा होइन तर यसलाई नेपालीपन झल्किने गरी मनाउन सके यसको थप महत्व झल्किन्छ कि भन्ने उद्देश्यले यसै दिन नेपाली टोपी दिवस मनाउन सुरुवात गरिएको जागरुक युवा अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठले बताए । यस संस्थाले यसवर्ष सबैभन्दा ठूलो आकारको नेपाली टोपी प्रर्दशन गर्दैछ । कार्यक्रमको सम्पूर्ण तयारी सकिएको र सफल बनाउन सबैलाई अभियान्ताहरुले अनुरोध पनि गरेका छन् ।





























प्रतिक्रिया