एउटा फोटोले हजारौ कुरा दर्शाइरहेको हुन्छ । त्यसैले त भनिन्छ नि, ‘फोटो आफै बोल्छ’ । तर कतिपय फोटोले भने झट्ट हेर्दा एउटा कुरा दर्शाईरहेको हुन्छ तर वास्तविकता अर्कै हुन्छ ।
त्यस्ता फोटोले हामीलाई अचम्मित मात्रै पार्दैन घोरिएर हेर्न बाध्य पार्छ । जब फोटोको यथार्थ थाहा हुन्छ अनि हामी आफै पेट मिचमिचि हाँस्न बाध्य हुन्छौ । यस्ता फोटोहरु कमैले मात्रै खिच्न सक्छन् । कतिपय फोटोहरु संयोगले त्यस्तो भईदिन्छ भने कतिपय अवस्थामा फोटोग्राफरले आप्mनो कला प्रयोग गरेर यस्तो फोटोहरु कैद गरेका हुन्छन् ।
पर्फेक्ट समयमा क्यामेरामा कैद भएको दृश्यहरु हेर्दा साँच्चिनै जादुमयी लाग्छ । कहिलेकाही फोटोग्राफर कुनै विषयमा इंगित गरेर क्यामेरा सोझाउछन् तर कहिलेकाही अपेक्षा भन्दा अधिक क्यामेरामा कैद हुन्छ । फोटोग्राफीको शक्ति यहि हो कि हजार शब्दले वयान गर्न नसक्ने कुरा एउटा फोटोले बयान गर्न सक्छ ।
फेटोग्राफीको मापदण्ड अनुसार, एउटा फोटो तव फोटो लाग्छ जव फेटोग्राफरले सही समयमा सही ठाँउमा पर्फेक्ट एंगलमा फोटो खिच्न सक्षम हुन्छ । एक विद्धानले भनेका छन् ‘चाहे प्रोफेसनल फोटोग्राफर होस् वा फोटोग्राफरको सौखिन । सफल हुनको लागि एक चिजको मात्र आवश्यक हुन्छ । त्यो हो हर समय तयार बस्नु ।’ आज हामी त्यस्तै फोटोहरुको बारेमा चचा गर्दछौ ।
१. 
गर्मी महिनामा कैद भएको यो फोटोमा कँही कतै ‘एयर कन्डिसनिङ’ देखिदैन् । उनीसँग गर्मी भगाउनको लागि सिर्फ पानी मात्र छ । त्यही पानी आफ्नो शरिरमा खन्याउनु बाहेक अरु केही विकल्प छैन् । आफ्नो शरिरमा पानी खन्याउँदा के उनले साँच्चीकै शितल अनुभव गरिन् त ? त्यो त थाहा पाउन मुस्किल छ तर उनको यो गर्मीको हट तस्बिर क्यामेरामा कैद भइसकेको छ ।
२. 
अझ बढी लचिलोपन ! यो प्रभावशाली शक्तिसँगै चरम निपुणताको संयोजनको पक्कै अधिकार छ । हामीले यो फोटो हेरेर अनुमान लगाउन सक्छौ सायद त्यँहा पुलमा भएको मानिसहरु पनि अच्चमित थिए ।
३.

कहिलेकाही फोटो खिच्ने समयमा हामी ब्यागराउण्डमा त्यति ध्यान दिँदैनौ । स्क्रिनमा आफुलाई मात्र हेर्छौ । फाटोको पृष्ठभुमिमा के छ ? यो फोटो हेर्दा क्यामेराको अगाडीको तुलनामा धेरै रोचक लाग्छ । जबकी फोटोग्राफरले मुर्खतापुर्ण फोटो खिचेका छन् । यस फोटोले ब्यागराउण्डको दृष्यले ध्यान खिचेको छ । यी फोटोग्राफरलाई थाहा थियो कि थिएन होला ? जानी जानी त्यो पल कैद गर्दै थिए वा पछि हेरे । कारण जे होस्, यो एक पर्फेक्ट टाइमको क्लासिक फोटो हो ।
४.
एक सुन्दर युवती आकर्षक पहिरनमा फुटपाथमा हिडिरहेकी छिन् । अचानक हावा आएर उनको पहिरन उड्छ । उनी आफ्नो पहिरन सम्हाल्ने कोशिस गर्दै गरेको देखिन्छ । चर्चको पादरी जस्तो लाग्ने एक व्यक्ति उनको मद्दत गर्नुको सट्टा घुरेर हेर्दैछ । झट्ट हेर्दा हामी उनलाई दोषी देख्दैछौ । यस्तो परिस्थती आएमा के हामी घुरेर हर्ने छैनौ ?
५. 
यो फोटोमा हामी देख्न सक्छौ कसरी प्रतिद्धन्दीले बल रोक्ने प्रयास गर्दा नाकमा हात छिराइदिएका छन् । जसलाई हामी ‘हार्ड नोज डिफेन्स’ भन्छौ । के ति खेलाडीले जानी जानी फल्ट गरेका हुन् वा अनायसै उनको हात विपक्षीको नाकमा छिरेको हो ? त्यो त थाहा हुन सकेन तर सहि समयमा फोटोग्राफरले क्यामेरामा कैद गरेका छन् ।
६. 
झट्ट हेर्दा यो फोटोमा सुन्दर बेहुली छिन् जसको घोडाको जस्तो खुट्टा छ । के यि बेहुलीको घोडाहरुको जस्तो खुट्टामा मानव टाउको छ ? पक्कै पनि छैन् यो कुनै जादुयी घोडा होइन । यो फोटो हेर्दा अप्टिकल भ्रम सृजना पैदा गर्छ ।
७.
त्यँहा कुनै दुर्घटना भएको थिएन, जब चट्याङको झिल्काले विमानस्थललाई छोएको थियो । आङै सिरिङ हुने यो फोटोमा विमानलाई भने चट्याङको झिल्काले छोएको थिएन । तर यो एक भयानक तस्बिर हो ।
८. 
संसारको सबैभन्दा शक्तिशाली व्यक्ति भए पनि एक सुन्दर महिलाको अगाडि त्यो शक्ति फिक्का पर्छ । आखिर राष्ट्रपति ओबामा पनि एक मानिस हुन् । अर्का हुन् फ्रान्सको राष्ट्रपति सरकोसी । उनलाई हेर्दा लाग्छ संसारको सबै पुरुषहरुले हरेक दिन यस्तै गर्छन् । संसारको शक्तिशाली व्यक्तिले यो दृश्य क्यामेरामा कैद भएको थाहै पाएनन् ।
९. 
यि हुन् भविष्यको रकस्टार । एक सानो बच्चाले यो पोज जानेर दिएको भने होइन । बच्चाहरुको मांसपेशी अनियन्त्रित भएको हुनाले यस्तो पोज अनायसै भएको हो । वास्तवमा ऊ आमाको न्यानो काखमा बसेर तातो दुधको आनन्द उठाइरहेका छन् ।
१०. 
यो फिल्म टाइटेनिकको प्रसिद्ध दृश्य हो । हरेक प्रेमिल जोडीको चाहना हुन सक्छ, यस्तो दृश्य कैद गर्ने र रोमान्टिक मुडको यस्तो तस्बिर फोटो एल्बममा सजाउने चाहाना हुन सक्छ । होसियार हुनुहोस, यस्तो फोटो खिच्ने कोसिस गर्दा आफैलाई हानी पनि हुन सक्छ । अचानक चरा आएर नाकमा ठोक्किँदा तपाई लड्न पनि सक्नु हुन्छ ।
हामीले फोटो हेरेर अनुमान लगाउन सक्छौ । यि दुई प्रेमिल जोडीहरु टाइटनिक फिल्मको दृश्यको आनन्द उठाइरेका छन् । रोमान्टिक मुडमा एक अर्काको साथमा रमाइरहेका छन् । तर चराले उनीहरुको ध्यान भंग गरिदिएको छ ।
११.
फोटोग्राफरले फोटोलाई समतल पार्न र यस्तो दृश्य देखाउनको लागि क्यामेराको लामो लेन्स उपयोग गरेका छन् । यि दुई बस्तु एकअर्काको धेरै नजिक देखिन्छ । जिराफले विमानलाई खान लागेको जस्तो देखिन्छ । भलै विमान वास्तवमा जिराफको नजिक छैन् । भनिन्छ, आँखाले नदेखेसम्म विश्वास नगर्नु तर कहिलेकाही आँखाले देखेको कुरा पनि भ्रम हुन सक्छ ।
१२. 
के वास्तवमा ह्वेल भन्दा मानव गोताखोर उच्च छ ? यो फोटो देखेर त सायद छैन, यो सहि समयको पर्फेक्ट फोटोको उदाहरण हो । वास्तवमा मनुष्य र जनावर बीचको सम्बन्ध वा कनेक्सन अवश्य हुन्छ । भलै वास्तविक जीवनमा यस्तो भएको नहोस् । गोताखोर विशाल सौम्य जनावरको यति नजिक छ । हामीलाई विश्वास छ उनले यो पल कहिले पनि भुल्ने छैन् र सायद ह्वेलले पनि कहिले भुल्ने छैन् ।









































प्रतिक्रिया