सुर्खेत
पूर्वी सुर्खेतका तीन बालिका एकैदिन बेपत्ता भएका छन् । विद्यालयमा पढ्न भनेर गएका सिम्ता गाउँपालिकाका तीन बालिका बाटैबाट बेपत्ता भएका हुन् ।
गाउँपालिकाको वडा नम्वर ५ आलीमा पर्ने श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय कक्षा ६ मा अध्यनरत बालिकाहरु ४ दिनदेखि बेपत्ता रहेको बताइएको छ । साविक खानीखोला गाविस वडा नम्बर ९ खान्मा हाल सिम्ता गाउँपालिका वडा नम्बर ९ खानिखोला स्थायी घर भएका ति बालिकाहरु मंगलवार देखि सम्पर्क विहिन रहेको पारीवारिक स्रोतले जनाएको छ ।
बेपत्ता हुनेहरुमा खानिखोलाका ९ का १४ वर्षीया निशा सिंह ठकुरी, त्यही ठाउँ बस्ने एकै घरका दुई बहिनी १५ वर्षीया यमुना खत्री र उनकी बहिनी १२ वर्षीया रिसिमा खत्री रहेका छन् । निशाकी आमा भगवती सिंहका अनुसार पुस १० गते दिउँसो १ बजे टिफिनमा घर आएपछि कापी बिर्सिएँ भनेर स्कुल गएका छोरी हालसम्म घरमा फर्केका छैनन् ।
स्कुल पठाएका छोरीहरु एकाएक गायब हुँदा अनौठो लागेको यमुना खत्रीकी आमा दीपाले जानकारी दिइन् । बुटवल फुपूको घर जाने भन्दै स्थानीय सल्लीबजारमा गाडी चालकहरुसँग उनीहरुले कुरा गरेको सुन्नमा आएको दीपाले बताइन् ।
एकजना गाडी चालकले सल्लीबजारदेखि मेहलकुनासम्म उनीहरुलाई लिएर रात परेपछि आफ्नै घरमा राखेको खुलेको छ । तर उनीहरु बिहानै कसैलाई थाहा नदिइ हिँडेको चालक बताउँछन् ।
अन्नपूर्णबाट





























प्रतिक्रिया