देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
शिक्षक बन्न इसाई हुनुपर्ने भन्दै विज्ञापन निकाल्ने संस्था ‘टिच नेपाल’ खारेज
पाँच वर्षदेखि सञ्चालित ‘टिच नेपाल’ नामक गैह्र सरकारी संस्था खारेज गरिएको छ । शिक्षक बन्न इसाई हुनुपर्ने भन्दै विज्ञापन गर्ने ललितपुरको भनिमण्डलमा रहेका ‘टिच नेपाल’ लाई ललितपुर जिल्ला प्रशासनले खारेज गरेको हो । संस्थाले प्रशिक्षार्थी शिक्षकको लागि केही साताअघि खुलाएको विज्ञापनका कारण विवादमा आएको थियो ।
द्वन्द्वकालका बलात्कृतहरुको प्रश्न – ‘खै न्याय ?’
‘मेरो दुवै आँखामा पट्टी बाँँधिएको थियो । बन्दूकको नालले हान्दै लतार्दै लतार्दै जङ्गलतिर लगे । मलाई होश आउँदा शरीरमा कुनै कपडा थिएन । शरीरभरि दाँतले टोकेका घाउ थिए । योनीबाट रगत बगिरहेको थियो ।’ दश वर्ष लम्बिएको सशस्त्र द्वन्द्वमा १२ वर्षकै कलिलो उमेरमा बलात्कारमा परेकी एक महिलाले आफूले भोगेको पीडालाई यसरी सम्झिन् । “सुनसान जङ्गल, रगतले डुबेको निर्वस्त्र शरीर, छाती, कम्मर, तल्लो पेट दुखिरहेको थियो, म न उठ्न सक्थें, न बस्न सक्थें,” उनले भक्कानिदै सुनाइन् – “कसैको सहयोग माग्न चिच्याऔं भनेर प्रयास गरें तर, मुखबाट आवाज निस्केन ।”
रामबहादुर बम्जनको आश्रमबाट बेपत्ता पारिएकाका परिवारको अपिल
आफुलाई लिटल बुद्ध भन्ने रामबहादुर बम्जनको आश्रमबाट बेपत्ता भएका ३ जनाको परिवारले न्यायको लागि अपिल गरेका छन् । वेपत्ता भएकाहरुको खोजीमा सरकार र प्रहरी प्रशासन गम्भीर नबनेको आरोप लगाएका हुन् । शुक्रबार राजधानी आयोजित पत्रकार सम्मेलनमा उनीहरुले वेपत्ताहरुको खोजी गरिदिन आग्रह गरेका हुन् । बमजनको आश्रम गएपछि बेपत्ता भएका आफ्ना परिवारका सदस्य खोजिदिन भन्दै नुवाकोट, मकवानपुर र बाराका ४ जनाले प्रहरीमा जाहेरी दिएका छन्।
नेकपा स्थायी समिति बैठकमा राजनीतिक प्रतिवेदन पारित (भिडियोमा)
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठकले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गर्नु भएको राजनीतिक प्रतिवेदन पारित गरेको छ । शुक्रबार बिहान पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको पार्टी स्थायी समिति बैठकले अध्यक्षद्धय ओली र दाहालले पेश गरेको राजनीतिक परिवेदन परिमार्जनसहित पारित गरेको हो ।
प्रदेश २ को सरकारमाथि छानविनको माग गर्दै परराष्ट्रलाई पत्र
प्रदेश २ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेश सभाका सांसदहरुले प्रदेश २ को सरकारले कूटनीतिक मर्यादा विपरितका गतिविधि गरेको दावी गर्दै तत्काल छानविन गर्न सरकारसँग माग गरेका छन ।
नेकपा स्थायी कमिटी बैठकबाट राजनीतिक प्रतिवेदन परिर्माजनसहित पास
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले राजनीतिक प्रतिवेदन परिमार्जनसहित पास गरेको छ । शुक्रबार बिहान बसेको बैठकले अध्यक्षद्धयको राजनीतिक प्रतिवेदन परिर्माजनसहित पास गरेको हो ।





























प्रतिक्रिया