काठमाडौँ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन पास गर्न सकेन ।
२९ मंसिरदेखि जारी स्थायी कमिटी बैठकमा प्रस्तुत दुवै अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि व्यापक छलफल नभएको, बहुदलीय प्रतिस्पर्धामा रहेको लोकतान्त्रिक पार्टीको दृष्टिकोण स्पष्ट नभएको भन्दै सचिवालय सदस्य वामदेव गौतमलगायत नेताहरूले आपत्ति जनाएपछि प्रतिवेदन पास हुन नसकेको हो ।
बिहीबारको बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पास गर्न आग्रह गरेका थिए । उनले भने, ‘पार्टीको समग्र विषयमा उठेका असन्तुष्टि, चासो र चिन्ता पार्टी मजबुत बनाउन आएका धारणा हुन् । यी पार्टीका साझा अजेन्डा बन्नेछन् । त्यसैले राजनीतिक प्रतिवेदन पास गर्न आग्रह गर्छु ।’ तर गौतम, भीम रावल र घनश्याम भुसालले पार्टीको सैद्धान्तिक विषयमा अझै छलफल गर्नुपर्ने बताएपछि प्रतिवेदन पारित हुन नसकेको हो ।
‘अध्यक्ष कमरेडले बैठकमा उठेका विषयवस्तुलाई सम्बोधन गर्नुभयो । सरकारले गरेका कार्यबारे पनि सम्बोधन गर्नुभयो र आजै (बिहीबार) राजनीतिक प्रतिवेदन पास गरौं भन्नुभयो तर केही साथीहरुले राजनीतिक प्रतिवेदनमाथि थप बहस र छलफल गर्नुपर्छ भनेपछि बैठक स्थगित भयो ’, स्थायी कमिटी सदस्य बेदुराम भुसालले भने । उनका अनुसार पार्टी र सरकारबारे उठेका विषयवस्तुमा अध्यक्ष ओलीले स्पष्ट पारेका थिए । अर्को बैठक शुक्रबार (आज) बस्नेछ ।
नागरिकबाट





























प्रतिक्रिया