बारा । शिक्षकको कुटाईबाट एक विद्यार्थीको ज्यान गएको छ । कलैया उपमहानगरपालिका १ स्थित नमुना निम्न माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत १४ वर्षका अजय मण्डलको मृत्यु भएको हो ।
शिक्षक सोनालाल प्रसाद यादवको कुटाईबाट गम्भीर घाइते मण्डलको जिल्ला सरकारी अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो। विद्यालयमा छात्रा जिस्क्याएको आरोपमा शिक्षक यादवले उनलाई कुटेको विद्यार्थीहरुले बताएका छन् । कुटपिटपटि उनलाई विद्यालयबाट निकालिएको थियो ।
घर गएपछि उनकी आमाले बेहोस अवस्थामा लडिरहेको देखेपछि उपचारको लागि तत्काल जिल्ला अस्पताल कलैयमा पुर्याएकी थिइन्। अस्पतालमा पुर्याएपछि उपचारको क्रममा मृत्यु भएको उनकी आमा कोसिला देवीले मण्डलले जानकारी दिईन् ।
छोरा घरबाट विहान खाना खाएर राम्रो अवस्थामा विद्यालयमा गएको उनको भनाई छ । शवको पोस्टमार्टमपछि आफन्तजनले शव बुझेका छन्। पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण खुलेको छैन्। भिसेरा जाँचपछि स्पस्ट हुने अस्पतालमा पोस्टमार्टममा संलग्न चिकित्सकले बताएका छन्।
विद्यार्थी कुटेका शिक्षक यादव भने फरार छन् । फरार शिक्षकको खोजतलास जारी रहेको प्रहरी उपरिक्षक सानुराम भट्टराईले जानकारी दिए।





























प्रतिक्रिया