तेस्रोपटक विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्रालयले भन्यो – अन्जानबस त्रुटी

तेस्रोपटक विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्रालयले भन्यो – अन्जानबस त्रुटी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले इन्डोेनेशियाका राष्ट्रपति जोको विदोदोलाई त्यहाँका सुनामी पीडितप्रति सहानुभूति तथा समवेदना सन्देश पठाएकी छन् । भण्डारीले पठाएको पत्रमा ‘समवेदना सन्देश’ नै उल्लेख छ । त्यस सम्बन्धमा सार्वजनिक विज्ञप्तिमा मात्रै गल्तीबस बधाई शब्द परेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

परराष्ट्रले हिजो साँझ तेस्रोपटक जारी विज्ञप्तिमा माफी मागिएको छ । शुरुमा बधाई दिइएको भन्दै बक्तव्य जारी गरेको परराष्ट्रले सच्याएर अर्को विज्ञप्ति निकालेको थियो । तर बुधबार उक्त विज्ञप्तिबारे व्यापक आलोचना भएपछि साँझ तेस्रोपटक विज्ञप्ति निकालेर माफी मागिएको छ ।

‘ राष्ट्रपतिले आफ्ना समकक्षीलाई पठाएको सन्देशमा कुनै पनि प्राविधिक त्रुटी छैन, मन्त्रालयले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा भूलबस बधाई शब्द पर्न गएको हो’ परराष्ट्रमन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले भने, ‘ पत्रमा होइन, विज्ञप्तिमा प्राविधिक त्रुटी भेटिएकोले शुरुमा सच्याइएको छ र सार्वजनिक माफी मागिएको छ ।’ नियतबस नभएर अन्जानबस त्रुटी भएको पौड्यालले जानकारी दिए ।
नयाँ पत्रिकाबाट

Logo