अधिकृत र अधिवक्तासहित ९ जनाबिरुद्ध भ्रष्ट्राचार मुद्धा दायर

अधिकृत र अधिवक्तासहित ९ जनाबिरुद्ध भ्रष्ट्राचार मुद्धा दायर

केन्द्रबिन्दु
0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना अधिबक्तासहित ९ जनाबिरुद्ध आज बिशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ।

मुद्धा दायर गरिएकाहरुमा अधिबक्ता चन्द्रप्रसाद खनाल, फौदराज लिम्बु, मालपोत कार्यालय डिल्लीबजारका मालपोत अधिकृत केशब प्रसाद न्यौपाने, राजेन्द्र प्रसाद फुयाल, नासु लक्ष्मण प्रसाद भट्टराई, खरिदार विजय भक्त श्रेष्ठ, मालपोत कार्यालय दमक झापाका अग्नि घिमिरे, नासु डिल्लीराम कोइराला, नासु जयन्द्रराज खड्का रहेका छन्।

अख्तियारले अधिबक्ता खनाल र  फौदराज लिम्बुबिरुद्ध जनही १ करोड २० लाख बिगो समेत दाबी गरेको छ।

पढ्नुहोस् बिज्ञप्ति 

मालपोत कार्यालय, डिल्लीबजार र दमकका कर्मचारीहरुको मिलेमतोमा टेकमाया आङहाङ (मावोहाङ)को नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम रहेको झापाको दमक नगरपालिका ४ मा रहेको  कि. नं. ४८७३ र ४८७५, क्षेत्रफल क्रमश: ०-१५-१२ र १-४-१२.७५ जग्गाको किर्ते जग्गाधनी दर्ता प्रमाणपूर्जा बनाई नक्कली जग्गाधनी खडा गरी-गराई मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौंबाट मिति २०६९/११/३१ मा बेजिल्ले रजिष्ट्रेशनको लिखत पारित गराई धेरै लामो समयपछि मालपोत कार्यालय, दमक, झापाबाट जग्गा दाखिला खारेज गर्ने गराउने कार्य गरी फौदराज लिम्बुले आफ्ना नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम गरी-गराई जग्गाधनी दर्ता प्रमाण पत्र लिएकोले बेजिल्ले रजिष्ट्रेशनको लिखत पारित गर्ने र दाखिला खारेज गर्ने गराउने कार्यमा संलग्न व्यक्ति र कर्मचारीहरुलाई आवश्यक अनुसन्धान गरी कारबाही गरीपाऊँ भन्ने समेत व्यहोराको उजुरीको सम्बन्धमा अनुसन्धान हुँदा अनुसन्धानको क्रममा प्राप्त हुन आएका प्रमाण र कागजातहरूको अध्ययन विश्लेषण गरी हेर्दा, सम्वन्धित मालपोत कार्यालयमा सुरक्षित रुपमा राख्नु पर्ने जग्गाको स्वामित्वसँग सम्वन्धित महत्वपूर्ण प्रमाणको रुपमा मानिने अत्यन्त संवेदनशील लिखत ठेलीमा घुसाइएको पाईयो साथै, सोही गैरकानूनी लिखतलाई यस कार्यालयबाट पारित भएको भनी सक्कलै लिखत र सोसँग संलग्न कागजातहरुको फोटोकपि प्रमाणित गरी सम्वन्धित मालपोत कार्यालयमा दाखिला खारेजको लागि पठाई सोही गैरकानूनी लिखतको आधारमा मालपोत कार्यालयका जिम्मेवार कर्मचारीहरुले नै एक व्यक्तिको जग्गा दाखिला खारेज गरी अर्कैको नाममा हक-हस्तारण गरी व्यक्तिको सम्पत्तिमाथिको अधिकार हननभएको देखिएकोले उक्त लिखत पठाउने, सोको अधारमा दाखिला खारेज गर्ने कार्यमा राष्ट्रसेवक कर्मचारीहरुको मिलेमतोमा टेकमाया आङहाङको नामको उल्लिखित कि.नं. ४८७३ र ४८७५ को नक्कली जग्गाधनी दर्ता प्रमाणपूर्जा, नक्कली राजश्व रसिद र तत्कालीन समयमा कार्यरत पदाधिकारीहरुको नक्कली दस्तखत गरी अमुक व्यक्तिको नाममा नक्कली बेजिल्ले रजिष्ट्रेशन पारितको लिखत बनाई मालपोत कार्यालयमा रहेको लिखत ठेलीमा अनधिकृत रुपमा घुसाएको कसुर पुष्टि हुन आएकोले उक्त कार्यमा संलग्न रहेका देहाय बमोजिमका ९ जना व्यक्तिहरु उपर देहाय बमोजिमको कसुरमा देहाय बमोजिमको सजायको मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

Logo