बारा
सोमवार पढन गएका एक बिद्यार्थीको शिक्षकको कुटाईबाट मृत्यु भएको परिवारले आरोप लगाएका छन् । कलैया उपमहानगरपालिका वडा नम्बर १ मा रहेको नमुना निम्न माध्यमिक बिद्यालयको कक्षा ७ मा अध्ययनरत १२ बर्षीय अजय मण्डलको शिक्षकको कुटाईबाट मृत्यु भएको परिवारका सदस्यरुले आरोप लगाएका हुन् ।
मृतक अजय मण्डलका काका जितेन्द्र मण्डलले सोमवार बिद्यालयमा पढन गएको अवस्थामा नेपाली बिषय पढाउने शिक्षक सोनालाल यादवले कुटपिट गर्दा भतिजाको मृत्यु भएको आरोप लगाए । शिक्षक यादवले कुटपिट गरेपछि भतिजो काप्न सुरु गरेको र काप्दै घरमा गएर लुकेर सुतेको उनले बताए । दिउँसो घरमा कोही नभएको अवस्थामा लुकेर सुत्दा भतिजोलाई कसैले देख्न नसकेको र बेलुकातिर सुतेको ठाउँबाट उठ्दा काप्दै बान्ता गर्न थालेको उनले बताए ।
बान्ता गर्न सुरु गरेपछि भतिजोलाई उपचारको लागि कलैया अस्पतालमा पुर्याउँदा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।भतिजोको सोमवार राती उपचारको क्रममा मृत्यु भएपछि घटनाबारे बुझ्न जाँदा शिक्षकको निर्घात कुटपिटको कारणले नै मृत्यु भएको र भतिजोलाई कुटने शिक्षकबिरुद्ध कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिइएको मण्डलले बताए ।
नमुना निम्न माध्यमिक बिद्यालयका एक शिक्षकले कक्षा ७ मा पढ्ने एक छात्रालाई शिक्षकसँगको सम्बन्ध जोडेर हल्ला गरेका थाहा पाएपछि मृतक मण्डललाई डराउन शिक्षक सोनालाल यादवले सामान्य रुपमा कुटपिट गरेको बताए । सामान्य कुटपिट गरी बिद्यालयबाट निकालेर मृतक मण्डललाई आफनो आमाबुबालाई बिद्यालयमा बोलाएर ल्याउन शिक्षक यादवले भनेको ती शिक्षकले सुनाए ।
नागरिकबाट





























प्रतिक्रिया