केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

संबिधानको सकसदेखि क्रिसमसको रमझमसम्म

संबिधानको सकसदेखि क्रिसमसको रमझमसम्म


देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए। ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

डिपिएलको मिति सर्यो

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको मिति एकसाता पछि सरेको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले आज विज्ञप्ति जारी गर्दै सोही मितिमा नेपाल र यूएइबीच एक दिवसीय क्रिकेट सिरिज हुने भएकाले प्रतियोगिता एक हप्तापछि सारिएको जनाएको छ ।

क्रिसमस डे कै दिन चितवनमा बाइबल जलाईयो

हिन्दूवादीहरुले धर्म परिवर्तन रोक्न माग गर्दै आज क्रिसमसको दिनमा बाइबल जलाएका छन् । हिन्दू जागरण नेपालले हिन्दू धर्म रक्षाको माग गर्दै भरतपुरको चौबिसकोठीमा बाइबल जलाएको हो । उनीहरुले धर्म निरपेक्षता बन्द गर, गौ हत्या बन्द गर, धर्म परिवर्तन बन्द गर लगायत नारा लगाएर प्रदर्शन समेत गरेका थिए । नेपालको मौलिक धर्म संस्कार संस्कृतिको संरक्षण गरौं, देशको विविधतालाई नष्ट हुनबाट जोगाऔं भन्दै नारायणगढको पोखरा बसपार्कबाट पुलचोक हुँदै चौबिसकोठीमा आएर कोणसभा गरेका थिए ।

जेष्ठ कर्मचारीहरुको नामावली सार्वजनिक, पहिलो चरणमा सहसचिवको पालो

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जेष्ठ कर्मचारीहरुको नामावली सार्वजनिक गरेको छ । मन्त्रालयले सुरुमा प्रशासन सेवातर्फका सहसचिवहरुको नामावली सार्वजनिक गरेको हो । कर्मचारी समायोजन प्रक्रिया अगाडि बढिरहेको बेला २ सय २५ सहसचिवहरुको नामावली सार्वजनिक गरिएको हो.

राजपाका माग सम्बोधन गर्न प्रधानमन्त्रीले एक हप्ताको समय मागे

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको माग सम्बोधनका लागि एक साताको समय मागेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा राजपा अध्यक्ष मण्डल र प्रधानमन्त्रीबीच भएको छलफलपछि प्रधानमन्त्रीले एक साताको समय मागेका हुन् ।

एक साताको लागि धनगढी विमानस्थल बन्द, राति मात्रै सञ्चालन हुने

आजदेखि एक सातासम्म धनगढी विमानस्थल बन्द भएको छ । अब राति मात्रै सञ्चालन हुनेछ । धावनमार्ग मर्मत सम्भारका लागि भन्दै विमानस्थल विहान ६ बजेदेखि साँझ ६ बजेसम्मका लागि बन्द गरिएको हो । उक्त समयमा मर्मत सम्भारको काा हुने भन्दै विकल्पमा रुपमा राति मात्रै सञ्चालन हुने नागरिक उड्डयन प्राधिकरण, धनगढीले जनाएको छ ।

पप्पु कन्स्ट्रक्सनको ४९ लाख रुपैयाँ धरौटी जफत

ठेक्का सम्झौता अवधि नाघेको एक बर्ष बित्दा पनि मोटरेबल पुल बनाउन चासो नदेखाएपछि पप्पु कन्स्ट्रक्सनको धरौटी रकम जफत भएको छ । गोरखाको गण्डकी गाउँपालिका र चितवनको इच्चाकामना गाउँपालिका जोड्ने त्रिशुली नदीमा बन्न लागेको मोटरेबल पुल निर्माणमा पप्पुले ढिलासुस्ती गरेको हो ।

अब विद्य‌ुत‌् कटौतीको सूचना मोबाइल एप्सबाटै

जापानमा २ मिनेट पनि बत्ति जाने भए उपभोत्तालाई पूर्व सूचना दिईन्छ । अमेरिकामा धारामा पानी नआउने भए २४ घण्टा अगावै सूचना दिईन्छ । नेपालमा भने दुई दिन पानी बिजुली नआउँदा के कारणले बन्द भयो भन्ने जानकारी पाउनै मुस्किल पर्छ । तर अब चिन्ता लिनुपर्दैन् । विजुली जानुपूर्व सूचना दिन नेपाल विद्युत प्राधिकरणले मोवाईल एप सञ्चालनमा ल्याएको छ ।

मालपोत अधिकृतसहित १६ जना विरुद्ध मुद्दा दायर

कुखुराको खुट्टा भाँचेपछि युवक ४ दिनदेखि प्रहरी हिरासतमा

विवाह मण्डपमा बसिरहेकी बेहुलीलाई कुटपिट गरेपछि…

आगलागी अझै नियन्त्रणमा आएन

नेपाल जेसीज वर्ष २०१९ को अध्यक्षमा महेश पौडेल विजयी

भारतले दशजगा क्षेत्रमा बनाएको सडक भत्काईयो

प्रियंका कार्कीको आवाजमा रहेको ‘कसलाई पोखु’ सार्वजनिक

‘गरुड पुराण’ को ट्रेलरमा कमेडी नै कमेडी (हेर्नुहोस् ट्रेलर)

पानीको अनौठो आकृति जुन देखेर तपाईको जिउ सिरिङ्ग हुन्छ (फोटोफिचर)

१० तस्बिरमा हेर्नुहोस विश्वभरको ‘क्रिसमस डे’

हेलिकप्टर दुर्घटनामा गभर्नर र उनका श्रीमान सिनेटरको मृत्यु

कपिलको विवाह पार्टीमा बलिउड सेलिब्रेटी देखि खेलाडीसम्म

इन्डोनेशिया सुनामीमा मृत्यु हुनेको सङ्ख्या ३७० भन्दा बढी

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo