काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको माग सम्बोधनका लागि एक साताको समय मागेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा राजपा अध्यक्ष मण्डल र प्रधानमन्त्रीबीच भएको छलफलपछि प्रधानमन्त्रीले एक साताको समय मागेका हुन् ।
प्रधानमन्त्रीले पार्र्टीभित्र छलफल गरेर माग सम्बोधन गराउने भन्दै एक साताको समय मागेको छलफलमा सहभागी राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले जानकारी दिए ।
छलफलमा राजपाले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीको रिहाई, संविधान संशोधनलगायतको विषय उठाएको थियो । राजपाले उठाएको सबै विषय प्याकेजमै समाधान गर्ने आश्वासन प्रधानमन्त्रीले दिएको यादवले बताए ।
राजपाले आफ्नो मागका विषयमा यसअघि प्रधानमन्त्री ओलीलाई पाँच पटक ज्ञापन पत्र बुझाइसकेको छ। तर हालसम्म कुनै पनि माग पुरा भएको छैन। राजपाले आज बस्ने बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको थियो ।





























प्रतिक्रिया