गोरखा । ठेक्का सम्झौता अवधि नाघेको एक बर्ष बित्दा पनि मोटरेबल पुल बनाउन चासो नदेखाएपछि पप्पु कन्स्ट्रक्सनको धरौटी रकम जफत भएको छ ।
गोरखाको गण्डकी गाउँपालिका र चितवनको इच्चाकामना गाउँपालिका जोड्ने त्रिशुली नदीमा बन्न लागेको मोटरेबल पुल निर्माणमा पप्पुले ढिलासुस्ती गरेको हो ।
ठेक्का अनुसार अघिल्लो वर्षको माघ महिनामा नै पुल बनाइसक्नुपर्ने थियो। तर अहिलेसम्म १६ प्रतिशत मात्रै काम सम्पन्न भएको सडक कार्यालय गोरखाले जनाएको छ । उक्त पुल निर्माणका लागि १७ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
११ किलो छेपेटार, भालुस्वाँरा, बारपाक सडक आयोजना कार्यालयले पप्पुको धरौटी रकम जफत गर्नका लागि बैंकमा पत्राचार भइसकेको जनाएको छ । पप्पु कन्स्ट्रक्सनले भने पुल निर्माण गर्न निर्माण सामग्री ढुवानी गर्न समस्या भएको बताउदै आएको छ ।































प्रतिक्रिया