निर्मलालाई न्याय दिन संयुक्त राष्ट्र संघलाई आग्रह (भिडियोमा)

निर्मलालाई न्याय दिन संयुक्त राष्ट्र संघलाई आग्रह (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन पहल गरिदिन संयुक्त राष्ट्र संघलाई आग्रह गरिएको छ ।

५ महिना बित्न लाग्दा समेत सरकारले निर्मला पन्तको हत्यारालाई पत्ता लगाई कारवाही गर्न नसकेपछि त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले हत्यारा पत्ता लगाई दिन आग्रह गर्दै संकलन गरिएको हस्ताक्षर सोमबार ललितपुुरको पुल्चोकस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा बुझाएका हुन ।

यस अघि उनीहरुले माईतीघर मण्डलामा जम्मा भएर निर्मला पन्तको न्यायको निम्ति आवाज बुलन्द गरिदिन आह्वान गर्दैै हस्तक्षार अभियान संकलन गरेका थिए ।

Logo