आईजीपी खनाल भन्छन्, ‘निर्मला हत्याबारे प्रहरी भन्दा पत्रकारलाई बढी थाहा छ’

आईजीपी खनाल भन्छन्, ‘निर्मला हत्याबारे प्रहरी भन्दा पत्रकारलाई बढी थाहा छ’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा कमजोरी भएको स्वीकार गरेका छन् । दबाबका कारण हतारमा नतिजा खोज्नु नै प्रहरीको मुल कमजोरी भएको बताए ।

सोमबार प्रहरी प्रधान कार्यालय नक्सालमा पत्रकार सम्मेलन गर्दै प्रहरी महानिरीक्षक खनालले निर्मलाको हत्यामा संलग्न दोषी कुनै पनि हालतमा उम्कन नसक्ने जनाए ।

उनले हत्याको अनुसन्धानमा कमजोरी गर्नेहरुले पनि कुनै हालतमा छुट नपाउने बताउँदै प्रहरीद्वारा गठित छानविन टोलीको प्रतिवेदनमाथि अध्ययन भइरहेको जानकारी दिए ।

हत्याकाण्डको छानविनका लागि प्रहरीले आफ्नो विद्वता र क्षमताको भरपुर प्रयोग गरिरहेको खनालको भनाई छ । उनले प्रहरीले हत्यार पत्ता लगाउन इमान्दार भएर प्रयन्त गरिरहेको भन्दै दोषी पत्ता लगाइछाड्ने दावी गरे। उनले आफूले गाडीको दुरुपयोग नगरेको स्पष्टीकरण समेत दिएका छन्।

‘निर्मला पन्तका हत्यारा पत्ता लगाउन प्रहरीले ‘इमान्दार प्रयास’ गरिरहेको छ’, उनले भने, ‘प्रतिशतमा देखाउन मिल्ने गरी नभए पनि अनुसन्धान अगाडि बढेको छ, दोषी पत्ता लगाएर आवश्यक कारबाही गर्छौँ।’

महानिरीक्षक खनालले निर्मला हत्याका विषयमा प्रहरीलाई भन्दा बढी पत्रकारलाई थाहा भएको बताए। ‘निर्मलाका विषयमा प्रहरीलाई भन्दा धेरै पत्रकारलाई थाहा छ’, उनले भने, ‘यहाँहरू फिल्डमा जानु भएको छ। अनुसन्धानमूलक पत्रकारिता गर्नु भएको छ।’

पत्रकार सम्मेलनमा एआईजीद्वय पुष्कर कार्की र ठूले राई, सिआइबीका प्रमुख डिआईजी निरज शाही, महानगरीय प्रहरी प्रमुख शैलेस थापा क्षेत्रीसहितका अधिकारी सहभागी थियो।

Logo