काठमाडौं । सरकारले विदामा स्वदेश आएका घरेलु कामदारलाई पुनः विदेश जान दिने प्रस्ताव गरेको छ । श्रम, रोजगार, तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले विदामा आएका घरेलु कामदारलाई पुनः रोजगारीका लागि फर्किन दिनुपर्ने बताएका हुन् । तर, संसदीय समितिमा त्यसलाई अस्वीकार गरेको छ ।
संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा मन्त्री विष्टले उक्त प्रस्ताव गरेका हुन् । समितिका सभापति विमल प्रसाद श्रीवास्तबले समितिले अर्को निर्णय नगर्दासम्म घरेलु श्रमिक जान नदिन निर्देशन दिए ।





























प्रतिक्रिया