पर्सा
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आउँदो माघदेखि प्रदेशभित्र जन्मिने सबै छोरीको शिक्षा बिमा गरिने घोषणा गरेका छन् । प्रदेश सरकारले थालनी गरेको ‘बेटी बचाइ, बेटी पढाइ’ अभियानलाई सफल बनाउन प्रदेशभित्र जन्मिने छोरीहरुको शिक्षाका लागि बीमाको योजना लागू गर्ने तयारी प्रदेश सरकारले गरेको जानकारी उनले दिएका हुन् ।
वीरगञ्ज पब्लिक कलेजले शनिबार वीरगञ्जमा आयोजना गरेको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले तराईमा रहेको दाइजो तथा बालविवाहलाई बीमा योजना कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री राउतले छोरीलाई शिक्षित गरे मात्र राष्ट्र र समाजको विकास सम्भव भएकाले नै रोजगारीको सुनिश्चित गर्न प्रदेश प्रहरीमा महिलालाई ५० प्रतिशत आरक्षण दिएको र निजामतीमा समेत आरक्षण दिने तयारी गरेको बताए ।
उनले औपचारिक शिक्षाले मुलुकको विकास सम्भव नभएकाले अब प्राविधिक शिक्षाको विकासतर्फ उन्मुख हुन आवश्यक रहेको धारणा राखेका थिए । प्रदश नं २ लाई प्राविधिक शिक्षाको केन्द्रविन्दु बनाउन प्रदेश सरकार गृहकार्यमा लागेको जानकारी उनले दिए ।
नागरिकबाट





























प्रतिक्रिया