ललितपुर प्रहरी प्रभागमा गोली चल्दा प्रहरीको अवस्था गम्भिर

ललितपुर प्रहरी प्रभागमा गोली चल्दा प्रहरीको अवस्था गम्भिर

केन्द्रबिन्दु
0
Shares

ललितपुरको लाकुरीभञ्ज्याङमा रहेको प्रहरी प्रभागमा शुक्रबार राती गोली चलेको छ ।  प्रभागका प्रमुख प्रहरी सहायक निरीक्षक रमेश तामाङले बोकेको पेस्तोल पड्केको हो ।  पेस्तोल पड्केर महानगरीय विपत् व्यवस्थापन शाखामा कार्यरत् प्रहरी जवान रोशन श्रेष्ठ घाइते भएका छन्।

असई तामाङले पेस्तोलमा गोली अनलोड गर्ने क्रममा अचानक पड्केर प्रहरी जवान श्रेष्ठलाई गोली लागेको जनाएको छ । श्रेष्ठको बायाँ गालामा लागेको गोली दायाँ गालाबाट निस्केको थियो। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि घाइते श्रेष्ठलाई नेपाल प्रहरी अस्पतालमा लगिएको छ। उनको अवस्था गम्भिर छ ।

घटना अनुसन्धानका लागि ललितपुर प्रहरी वृत्तका डिएसपी गौतम मिश्रको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । प्रहरीले असई तामाङलाई पक्राउ गरेको छ।

Logo