दाङ
दाङमा शैक्षिक भ्रमणबाट फर्कने क्रममा शुक्रबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । जसमध्ये ५ जनाको पहिचान खुलेको छ ।
जसमा बस चालक घोराही उपमहानगरपालिका वडा नं ३ का मदन केसी, शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षकहरू घोराही उपमहानगरपालिका १७ का २८ वर्षीय प्रदीप घिमिरे र पूर्वी रुकुमको भुमे गाउँपालिकाका २८ वर्षीय नरेश वली रहेका छ्न ।
दुर्घटनामा परेर दाङको दंगीशरण गाउँपालिका १ का सञ्जित रत्गैया, घोराही उपमहानगरपालिका १४ का २७ वर्षीय बिजय जीएमको ज्यान गएको छ ।
बाँकीको सनाखत भइ नसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए । बसमा शिक्षालयका ३२ जना विद्यार्थी, २ जना शिक्षक र ३ जना बसका कर्मचारीसहित ३७ जना यात्रु सवार थिए ।





























प्रतिक्रिया