कांग्रेस सभापति देउवाविरुद्ध सर्वोच्चमा परेको रिट खारेज

कांग्रेस सभापति देउवाविरुद्ध सर्वोच्चमा परेको रिट खारेज

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश वमकुमार श्रेष्ठको संयुक्त इजलाशले देउवाविरुद्धको रिट शुक्रबार खारेज गरेको हो।

प्रहरी महानिरीक्षक नियुक्तिको विषयमा कांग्रेसले अदालतको अवहेलना गरेको भन्दै ‍देउवाविरुद्ध रिट दायर भएको थियो । रिटमा केन्द्रीय सभापति देउवा र पार्टी विपक्ष बनाइएको थियो ।

महानिरीक्षक नियुक्तिबारे सर्वोच्चले गरेको फैसलाले कार्यपालिकाको अधिकारमा हस्तक्षेप गरेको निर्णय कांग्रेस केन्द्रीय समितिले गर्दा अदालतको अवहेलना भएको भन्दै अधिवक्ता हरिप्रसाद मैनालीले २०७३ चैत १५ गते कांग्रेस र देउवाविरुद्ध रिट दायर गरेका थिए ।

डीआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरिक्षक बनाउने सरकारको निर्णयविरुद्ध तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले बदर गरेपछि कांग्रेसले न्यायपालिकाले कार्यपालिकामाथि हस्तक्षेप गरेको निर्णय गरेको थियो ।
अन्नपूर्णबाट

Logo