ताप्लेजुङमा श्रीमतीलाई बलात्कार गरेको आरोपमा २४ वर्षीय युवक पक्राउ

ताप्लेजुङमा श्रीमतीलाई बलात्कार गरेको आरोपमा २४ वर्षीय युवक पक्राउ

केन्द्रबिन्दु
0
Shares

ताप्लेजुङ । श्रीमतीमाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–२ आम्बेगुदिनस्थित २० वर्षीया युवतीले आफ्नै २४ वर्षीय श्रीमानविरुद्ध बलात्कारको मुद्दा दायर गरेकी थिईन् ।

ति युवतीले गत असोज ८ गते बलात्कार गरेको भन्दै मुद्दा हालपनि श्रीमान फरार थिए । बलात्कार आरोपपछि लुकिछिपी बसेको अवस्थामा जिल्लाकै आठराई त्रिवेणी गाउँपालिका–४ चाँगेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दोषी ठहर नभएसम्म आरोपितको नाम प्रहरीले गोप्य नै राखेको छ ।

Skip This
Skip This
Logo