पाँचथर
पानीलाई जीवनको सहारा मानिन्छ । पानी छ र न त हरियाली छ । मनमोहक प्रकृतिको रनवन छ र त्यहीँ रमाउन पाएका छन् मान्छेसहितका जीवात्माहरू । तर पाँचथर जिल्लाको यासोक कुम्मायक गाउँपालिकाको रानीगाउँ र स्याबरुम्बा उल्लिखित कथनको अपवाद बनेको छ । प्रकृतिले नै ठगेको यसलाई । पानीबिनाको माछी जस्तो भएका छन् यहाँका बासिन्दा ।
पानी नहुँदा काकाकुल मात्र भएका छैनन्, सिंगो बस्ती नै उजाड उजाड हुँदैछ । पानी अभावमा अधिकांश मानिसहरूको बासै उठेको छ । कुवाहरू सुकेकाले ताला लागेको छ । घर, विद्यालयमा चर्पी छ तर प्रयोगहीन भएका छन्, होटलमा बास पाइन्छ नुहाउन–धुन पाइँदैन ।
त्यसो त रानीगाउँ र स्याबरुम्बामा पानी अभाव भएको अहिले मात्र होइन । ५ / ६ वर्ष अघि देखिकै समस्या हो । जसको अभावमा बर्सेनी मानिसहरू बसाइँ सर्दै आएका छन् । यस वर्ष मात्र चन्द्रबहादुर भण्डारी, लक्ष्मी भण्डारी, दुर्गा भण्डारी, खड्गबहादुर विक, टेकबहादुर नेपाली र हर्कबहादुर नेपाली बसाइँ सरेको कुम्मायक–५ साविक स्याबरुम्बा–३ का सामाजिक अगुवा दुर्गाप्रसाद बम्जन बताउनुहुन्छ ।
‘पानीको सबैजसो स्रोत सुक्यो, तमोर लिफ्ट खानेपानी आयोजनाको आशा पनि हरायो, बसाइँ जानेको संख्या झन् बढ्ने सम्भावना छ, उहाँको चिन्ता छ । विकल्पका रूपमा एकघण्टा हिँडेर पानी लिन गए पनि पर्खेर आउँदा जुलुम हुने स्थानीयको पीडा छ । बिहान ४ बजे गएको व्यक्ति ८ नबजी फर्कंदैन । रानीगाउँ–७ का शिक्षक बलराम फुयाँल भन्नुहुन्छ– ‘गुजारा चलाउन गाह्रो परेपछि हाम्रो वडाबाट मात्रै २२ परिवारले गाउँ छाडिसके ।’
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया