अवैध सम्बन्ध थाहा हुने डरले जन्मेलगत्तै शिशुको हत्या

अवैध सम्बन्ध थाहा हुने डरले जन्मेलगत्तै शिशुको हत्या

केन्द्रबिन्दु
0
Shares

तनहुँ । एक महिलाले शिशुलाई जन्म दिएलगत्तै हत्या गरेकी छन् । अवैध सम्बन्धबाट गर्भवती भएपछि थाहा हुने डरले भानु( ३ दोरदोरकी लक्ष्मी गन्धर्वले शिशुलाई जन्म दिएलगत्तै हत्या गरेकी हुन् ।

झाडीमा नवजात शिशुको शव कुहिन लागेको अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान गर्दा महिलाले आफ्नै शिशुको हत्या गरेर फालेको खुलेको तनहुँका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए ।

प्रहरी नियन्त्रणमा रहेकी ३७ वर्षीया लक्ष्मीले परपुरुषसँगको सम्बन्धपछि बच्चा जन्माएकाले डरले मारेर फालेको बयान दिएकी थिईन् । झाडीमा बच्चा जन्माएर फालेको थाहा पाएपछि तुरतुरेबाट खटिएको प्रहरी टोलीले लक्ष्मीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा घटना बाहिर आएको हो।

बयानका क्रममा लक्ष्मीले दोरदोर चण्डीचोकको झाडीमा नवजात शिशुलाई मारेर फालेको स्वीकार गरेकी हुन् । उनको घर र झाडीको दूरी करिब दुई सय मिटर छ । प्रहरीले नाम नखुलाएका ती युवकको खोजी भैरहेको जनाएको छ ।

महिलालाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । महिलाले हत्या गरेको स्वीकारे पनि शिशु बालक वा बालिका के हो खुल्न सकेको छैन।

महिलालाई समेत थाहा नभएकाले पोष्टमार्टमको रिपोर्टपछि मात्र वास्तविकता थाहा हुने शाहले बताए । भानु ३ दोरदोरकी लक्ष्मीका पति चार वर्षयता रोजगारीका क्रममा कतारमा छन्।

Logo