केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

निर्मला काण्डमा कांग्रेस नेताहरुको कनेक्सनदेखि मोनोरेलको डीपीआरसम्म

निर्मला काण्डमा कांग्रेस नेताहरुको कनेक्सनदेखि मोनोरेलको डीपीआरसम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

सरकारले गए राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ । नेपाल आयल निगमको बसेको बैठकले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई/दुई का दरले घटाई समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

निर्मला काण्डः आन्दोलनकर्मीको कांग्रेस नेताहरुसँग यस्तो कनेक्सन

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा अझै पत्ता लाग्न सकेका छैनन् । शव फेला परेलगत्तै स्थानीयले आन्दोलन सुरु गरेका थिए । आन्दोलन अझै जारी छ । न्यायको लागि आन्दोलन गर्नु एउटा पाटो होला तर त्यसको नाममा विभिन्न चलखेल भएको पनि देखिन्छ । आन्दोलनमा महिला अधिकारकर्मी सारदा चन्दको भूमिका शंकास्पद देखिएको छ । आन्दोलनका क्रममा उनको विभिन्न राजनीतिक दलका नेताहरुसँगको सम्बन्धले पनि शंका पैदा गरेको हो ।

राष्ट्रिय गौरवको आयोजना ‘एक्सप्रेस वे’ को प्रगति कति ?

फास्टट्रायक, एक्सप्रेस वे अर्थात काठमाण्डौं तराई द्रुतमार्ग । काठमाडौलाई तराई भू-भागसँग छोटो दूरीको माध्यमबाट जोड्ने लक्ष्यसहित निर्माण भईरहेको यो राष्ट्रिय गौरवको आयोजना बनाउने जिम्मा नेपाली सेनाले पाएको छ । वि.सं. २०७४ बैशाख २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले फास्टट्रायक बनाउने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।

चिनियाँ कम्पनीसँग मोनोरेलको डीपीआर सम्झौता, अबको पाँच वर्षमा रेल गुड्ने

काठमाडौंमा मोनोरेल सञ्चालनको लागि चिनियाँ कम्पनीसँग विस्तृत परियोजना प्रीतवेदन (डीपीआर) सम्झौता भएको छ । काठमाडौं र ललिपुर महानगरपालिकाले चिनियाँ कम्पनी सीआरसीसीसँग डीपीआर सम्झौता गरेका हुन् । बुधबार राष्ट्रिय सभागृहमा महानगरपालिका र कम्पनी बीच सम्झौतामा चाइना रेलवे २५ औं ब्युरो ग्रुप कम्पनी लिमिटेड (सीआरसीसी) ले एक वर्षभित्रमा तयार पार्नेछ । चक्रपथमा मोनोरेल निर्माणका लागि एक खर्ब १६ अर्ब लागत लाग्ने प्रारम्भिक अध्ययनले देखाएको थियो ।

लामो रस्साकस्सीपछि काङ्ग्रेसले टुङ्ग्यायो पदाधिकारी विवाद

नेपाली काङ्ग्रेसले लामो रस्साकस्सीपछि विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे विवाद टुङ्गो लगाएको छ ।मंगलबार साँझ पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पदाधिकारी बैठकले सो विवादको टुङ्गो लगाएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । यसअघि विधान मस्यौदा प्रतिवेदनमा सहमति हुन नसक्दा उक्त प्रतिवेदन महासमिति बैठकमा पेश हुन सकेको थिएन । काङ्ग्रेसको महासमिति बैठक चार दिनदेखि जारी छ ।

मध्य भोटेकोशीको आईपिओ बाँडफाँड, कसलाई कति पर्यो ?

प्रहरीले राजधानी काठमाडौँबाट ८१ जना पाकेटमारहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३ जना युवतीसमेत छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले मंसिर १५ गतेबाट सुरु गरेको पकेटमारविरुद्धको अप्रेशनका क्रममा उनीहरु पक्राउ परेको हो। काठमाडौंका एससपी वसन्त लामाले काठमाडौंमा पाकेट मार्ने क्षेत्र पहिचान गरी ती क्षेत्रलाई निगरानीमा राखिएको बताए।

सुदूरपश्चिम विश्वविद्यालयमा तोडफोड र आगजनी

चार विद्यार्थी संगठनले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तोडफोड गर्नुका साथै आगजनी समेत गरेका छन् । अवैधानिक रूपबाट आफन्तलाई कर्मचारीको रुपमा भर्ना गरेको भन्दै पूर्व एमाले निकट अनेरास्ववियु, पूर्व माओवादी केन्द्र अखिल क्रान्तिकारी, कांग्रेस निकट नेवि संघ र नेकपा विप्लव निकट विद्यार्थी संगठनले विश्वविद्यालयमा आगजनी गर्नुका साथै प्राध्यापक र कर्मचारीका कुर्सी जलाएका हुन् ।

नेकपाका नेताहरुले गरे अध्यक्ष द्धयको चर्को आलोचना (भिडियोमा)

पूर्व प्रधानमन्त्री गिरीको अन्त्येष्टि आज

राष्ट्रपतिद्वारा संसदको हिउँदे अधिवेशन आह्वान

डिपिएलका लागि खेलाडी दर्ता आजदेखि

डिफेन्डर अनन्त तामाङलाई एन्फाको माफी

‘सेक्सीएष्ट म्यान अफ द वल्र्ड’ को ८८ नम्बरमा नेपालका आकाश श्रेष्ठ

अनु शाहलाई कस्ले लगायो धोका दिएको आरोप (भिडियो)

चैत्र १ देखि प्रदिप र जसिताको ‘लभ स्टेसन’

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo