१५ दिनमै काठमाडौंबाट समातिए ७७ चोर

१५ दिनमै काठमाडौंबाट समातिए ७७ चोर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकामा चोरी र लुटपाटमा संलग्न भएको आरोपमा ७७ जनालाई पक्राउ गरेको छ ।

महनगरीय प्रहरी परिसर काठमाडौंले उपत्यकामा पछिल्लो १५ दिनभित्र चोरी र लुटपाटमा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा ४ महिला पनि छन् । तिनीहरुमध्ये १ बच्चासहितकी आमा हुन् ।

काठमाडौंका सार्वजनिक सवारी साधनमा लुटपाट गर्नेदेखि विभिन्न सार्वजनिक स्थल र घर तथा आवासीय क्षेत्रमा समेत उनीहरुको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

उपत्यकामा चोरी र लुटपाटमा संलग्न उक्त गिरोहले २–२ जनाको दरले ६ जनाको समुह बनाई सार्वजनिक बसहरुमा यात्रारत यात्रुहरुबाट नगद, पैसा, गहना लुटपाट गर्ने गरेको समेत जनाएको छ ।

त्यस्तै प्रहरीले पक्राउ पर्नेहरुबाट ५ लाख ९६ हजार नगद पनि बरामद गरेको छ । जुन रकम पीडितलाई फिर्ता गरिएको छ । त्यस्तै प्रहरीले ३९ थान मोबाइल, ४ थान आइप्याड, ५ थान ल्यापटप लगायतका सामाग्रीहरु समेत बरामद गरेको छ । ति सामानहरु पनि पीडितलाई फिर्ता गरिएको प्रहरीले जनाएको छ ।

पहिलो पटक पकेट मार्नेलाई १ महिना जेल र सोही बराबर बिगो, दोश्रो पटक पकेट मारेको भेटिएमा २ महिना जेल र सोही बराबर बिगोसहितको कारवाहीको प्रावधान रहेको छ ।

Logo