काठमाडौँ
विगत १० वर्षमा वैदेशिक रोजगारीमा गएर मृत्यु, अंगभंग, उपचार र सहारा गुमाएका ९ हजार ५०५ जनाको आर्थिक सहायताका लागि २ अर्ब रुपैयाँ भन्दा बढी वितरण गरिएको छ ।
वैदेशिक रोजगारीका क्रममा मृतक, अशक्त भएका श्रमिक र आश्रित परिवारको लागि २ अर्ब २ करोड ६६ लाख रुपैयाँभन्दा बढीको आर्थिक सहायता वितरण गरेको हो । मृत्यु, अंगभंग, उपचार, तालिम, उद्धार र शव व्यवस्थापनका लागि मात्र यो सहायता रकम वितरण भएको हो । तर यो अवधिमा लगभग ४ हजार ४८२ अर्ब रुपैयाँ बराबरको विप्रेषण आएको थियो ।
यो अवधिमा वैदेशिक रोजगारीका कारण नेपाली समाजले बेहोरेको सामाजिक मूल्यको आंकलन भने सोचेभन्दा ठूलो छ । उच्च लागत, न्यून सीप, गन्तव्य देशको जानकारी अभाव, सेवा तथा न्यायको पहुँच अभावका कारण ९ हजार ५०५ जना श्रमिक र आश्रित परिवार आर्थिक सहायता लिनुपर्ने अवस्थामा पुगेका हुन् ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको स्थापना भएपछि मृतक कामदारका आश्रित परिवार, अंगभंग तथा बिरामी, अलपत्र कामदार उद्धार, मृतकको शव झिकाउने, घरसम्म शव ढुवानी, कामदार परिवार उपचार लगायतका शीर्षकमा सो रकम वितरण भएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए ।
यो सहायता रकममध्ये गत असोज अन्तिमसम्म मृतक कामदारका ६ हजार ९२१ आश्रित परिवारले १ अर्ब ६७ करोड ८४ लाख रुपैयाँ सहायता पाएका थिए । यसमध्ये मृतक महिलाको संख्या १५५ रहेको थियो । यसैगरी वैदेशिक रोजगारीका क्रममा १ हजार २५२ अंगभंग र बिरामी श्रमिकलाई आर्थिक सहायता स्वरुप १६ करोड ८६ लाख रुपैयाँ प्रदान गरिएको थियो । यसमा पनि महिलाको संख्या ३६ रहेको थियो ।
सरकारले आर्थिक वर्ष ०६९/०७० देखि असोज अन्तिमसम्म ७ महिलासहित १०१ जना कामदारको उद्धार गरी स्वदेश ल्याउनका लागि २९ करोड ४३ हजार वितरण गरेको थियो । यसरी नै सोही अवधिमा विदेशमा अलपत्र रहेका ८९९ पुरुषसहित ९१७ कामदारको शव झिकाउन ४ करोड २९ लाख रुपैयाँ विदेशस्थित नियोगमा पठाएको थियो ।
कारोबारबाट





























प्रतिक्रिया