केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

एसपी दिल्लीराज पक्राउ पर्न सक्नेदेखि नेताबीच माइक खोसाखोस सम्म

एसपी दिल्लीराज पक्राउ पर्न सक्नेदेखि नेताबीच माइक खोसाखोस सम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ ।

यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको निधन

पूर्व प्रधानमन्त्री तथा तत्कालिन मन्त्रिपरिषदका उपाध्यक्ष डा‍‍ तुलसी गिरीको निधन भएको छ । आज बिहान बुढानीलकण्ठस्थित आफ्नै निवासमा ९३ वर्षको उमेरमा उनको निधन भएको परिवारले जनाएको छ । राजाको प्रत्यक्ष शासनको समयमा उनी मन्त्रिपरिषदको उपाध्यक्ष बनेका थिए ।

संसदीय दलको नेतामा मुख्यमन्त्री शाही

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको नेतामा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चयन भएका छन् । सोमबार प्रदेश राजधानी सुर्खेतमा बसेको नेकपा संसदीय दलको बैठकबाट मुख्यमन्त्री शाही संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका हुन् ।

गुठीको अर्बौको जग्गा बेच्ने महन्त १५ लाख धरौटीमा रिहा

ठीको अर्बौको जग्गा बिक्री गर्ने जनकपुर रत्नसागर कुटीका महन्त बैकुण्ठ दास १५ लाख धरौटीमा रिहा भएका छन् । धनुषा जिल्ला अदालतले उनलाई १५ लाख रुपैयाँ धरौटी रिहा गर्ने आदेश दिएको हो ।

पर्सामा भारतीय तेल तस्कर र प्रहरीबीच झडप, ४ प्रहरी घाइते

पर्सामा भारतीय तेल तस्कर र प्रहरीबीच झडप भएको छ । जगरनाथपुर गाउँपालिका वडा नम्बर १ स्थित पाण्डेपुरमा भएको झडपमा परी ४ प्रहरी घाइते भएका छन् । तेल तस्कर समूहले प्रहरीको थ्रि नट थ्री राइफल समेत खोसेर फरार भएको प्रहरीले जनाएको छ।

नेपालमा भारु प्रतिबन्धपछि भारतमा तहल्का, मोदीमाथि खनिए कांग्रेस नेता

नेपाल सरकारले भारु नोटमा प्रतिबन्द लगाएपछि भारतमा तहल्का मच्चिएको छ । पाँच सय, एक हजार र दुई हजार भारुमा प्रतिबन्द लाग्दै आएको अब २ सय दरका भारुमा पनि प्रतिबन्द लागेको छ । जसले गर्दा भारतीय सरकारको चर्को आलोचना सुरु भएको छ । भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस (आइ) ले नरेन्द्र मोदी सरकारको कडा आलोचना गरेको छ ।

जब महासमिति बैठकमा महत र केसीबीच माइक खोसाखोस भयो

नेपाली कांग्रेसको महासमितिको बैठकमा दुई नेताहरुबीच माइक खोसाखोस भएको छ । सहमहामन्त्री डा. प्रकाशसरण महत र नुवाकोट जिल्ला सभापति जगदिश्वरनरसिंह केसीबीच माइक खोसाखोस भएको हो । केसी मन्चमा गएर बोल्दाबोल्दै महत आएर माइक खोसेका थिए । दुई नेताबीच माईक खोसाखोस भएपछि महासमिति बैठक स्थगित भएको छ ।

निर्मला प्रकरणः प्रदीप र विशालको पनि डिएनए मिलेन, दिल्लीराज पक्राउ पर्न सक्ने

निर्मला पन्तको बलात्कारको आशंकामा पक्राउ परेका दुई किशोरको पनि डिएनए रिपोर्ट नेगेटिभ आएको छ। गत मंसिर १८ गते काठमाडौँबाट पक्राउ परेका भीमदत्तनगर नगरपालिका–१८ का प्रदीप रावल र विशाल चौधरीको डिएनए रिपोर्ट नेगेटिभ आएको प्रहरी स्रोतले जनाएको छ ।

मोनोरेलको डीपीआर बनाउन चिनियाँ कम्पनीसँग सम्झौता गरिदैं

काठमाडौं उपत्यकामा मोनोरेल सञ्चालनको विस्तृत प्रतिवेदन (डीपीआर) तयार पार्न चिनियाँ कम्पनीसँग सम्झौता हुने भएको छ । काठमाडौं महानगरपालिका र ललिपुर महानगरपालकाले भोलि चिनियाँ कम्पनी सीआरसीसीसँग डीपीआर तयार पार्न सम्झौता गर्न लागेका हुन् ।

वैदेशिक रोजगारीमा रहेका विकृति समाप्त पार्ने मन्त्री विष्टको घोषणा

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा रहेका विकृति र विसंगतिलाई छिट्टै समाप्त पार्ने बताएका छन् । मन्त्री विष्टले वैदेशिक रोजगारमा गएका लाखौं युवाहरुको जिन्दगी धरापमा पर्नेगरी वैदेशिक रोजगारीमा अपारदर्शीमा देखिएको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे ।

काठमाडौंमा महल हुँदाहुँदै सरकारबाट घरभाडा लिने माननीयहरु (भिडियोमा)

संसदवाट आवास सुविधा वापत लिएको रकम फिर्ता गर्ने भन्दै नेकपाका सांसद योगेश भट्टराईले पुष १ गते विज्ञप्ती नै सार्वजनिक गरे । काठमाडौंमा घर हुनेले यो सुविधा लिएर कानुनको उल्लंघन गरेको भन्दै सामाजिक सञ्जालमा विरोध हुन थालेपछि योगेशले रकम फिर्ता गर्ने घोषणा गरेका हुन् ।

Logo