काठमाडौँ
सोमबार काठमाडौंमा यस वर्षकै सबैभन्दा चिसो दिन हो । बिहान उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरको स्टेसनलाई आधार मानेर तापक्रमको खबर सार्वजनिक गरेको हो ।
महाशाखाले हरेक दिन बिहान पौने ९ र बेलुका ६ बजे विमानस्थलको विवरणलाई आधार मानेर मौसमी विवरण सार्वजनिक गर्दै आएको छ । सोही विवरण सञ्चारमाध्यमबाट सार्वजनिक हुँदा धेरैका लागि पत्यार लाग्दैन, अनि फेरि स्वभाविक प्रश्न दोहोरिन्छ– ‘हैन होला, कहाँ साढे दुई मात्रै हुनु, चिसो यति धेरै बढ्या छ तुसारो र शीतले छपक्कै छोप्न थाल्या छ ।’
विमानस्थलको स्टेसनले काठमाडौं उपत्यकाभरको मौसमी विवरण अद्यावधिक गर्दैन, त्यसैले तापक्रमको खबरमा शंका गर्ने ठाउँ पर्याप्त रहन्छ । काठमाडौंको मध्य भेग, खुला चौर, गल्छी, पहाड आसपासका वस्ती र अन्यत्रको तापक्रम फरक हुने मौसमविद्हरु स्वीर्काछन् । एउटा स्टेसनको मौसमी विवरण समग्र उपत्यकाका लागि व्यावहारिक हुन्छ र भन्ने प्रश्नमा महाशाखा प्रमुख सरजुकुमार वैद्य भन्नुहुन्छ– ‘पक्कै पनि व्यावहारिक होइन, हामीले अन्तर्राष्ट्रिय प्रचलनलाई अभ्यास गर्दै औसत विवरण सार्वजनिक गर्दै आएका छौं ।’
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया