तुलसीपुर
नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य ‘किरण’ले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीसँग एकताको लागि छलफल गरिरहेको बताएका छन् ।
दाङको तुलसीपुरमा भएको साक्षात्कार कार्यक्रममा बैद्यले यस्तो बताएका हुन् । नेपालमा सच्चा कम्युनिष्ट पार्टी आवश्यक भएकोले त्यसको निर्माण अभियानमा आफू लागेको उनले बताए ।
त्यसका लागि विप्लव, गोपाल किराँती, मोहनविक्रम लगायत नेतृत्वका कम्युनिष्ट पार्टीसँग छलफल भइरहेको उनको भनाई थियो । छलफलको निष्कर्षमा छिट्टै पुगिने पनि उनले बताए ।
‘कुराकानी भइरहेको छ, टुट्न केही सजिलो भए पनि एकता गर्न केही कठिनाइ हुँदो रहेछ,’ उनले भने, ‘तर एकपटक सच्चा कम्युनिस्टहरु एक हुन्छौँ भनेर लागेका छौँ ।’
पूर्वएमाले र माओवादी केन्द्रको एकता सत्ताका लागि मात्रै भएको उनको आरोप थियो । बैद्यले यो एकता सत्ताका लागि मात्रै भएकाले लामो समय नटिक्ने पनि ठोकुवा गरे ।
अन्नपूर्णबाट





























प्रतिक्रिया