जनसंख्या घट्न थालेपछि सरकारको अपिल, ‘ढिला नगर्नुस्, बच्चा पाइहाल्नुस्’

जनसंख्या घट्न थालेपछि सरकारको अपिल, ‘ढिला नगर्नुस्, बच्चा पाइहाल्नुस्’

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । जनसंख्या घटेर तनावमा रहेको सर्वियाले जनसंख्या बृद्धि गर्न नयाँ योजना अघि सारेको छ । जनसंख्या वृद्धिका कारण विश्वका कतिपय देशहरु समस्यामा परिरहेका बेला सर्बियाले भने जनसंख्या बृद्धि गर्न दम्पतीहरुलाई अपिल गरेको छ ।

७० लाख जनसंख्या रहेको सर्वियाले जनसंख्या बढाउनका लागि अनेक खालका प्रयास गरिरहेको हो । जनसंख्या बढाउनका लागि सर्बिया सरकारले नयाँ नारा अघि सारेको छ ।

सर्वियाले ढिलो नगर्नुस्, बच्चा जन्माइहाल्नुस् नारा अघि सारेको छ । त्यस्तै आउनुहोस् बच्चाको आवाज सुन्नुहोस् पनि नारालाई सर्विया सरकारले प्राथमिकता दिएको छ ।

तर महिलाहरु भने त्यो नाराबाट खासै प्रभावित छैनन् । सरकारले जनसंख्या वृद्धिका लागि सर्वसाधारणलाई सहयोग गर्नुको साटो मिठो नारामात्र अघि सारेको भन्दै आम महिलाहरु नाराप्रति प्रभावित नभएका हुन् ।

सर्बियामा धेरै मानिस देश छाडेर बाहिर जाने गरेका छन् भने जन्मदरमा पनि कमी आइरहेको छ । सर्बियामा हरेक दुई परिवारमा तीनजना बच्चा छन्, जुन युरोपमा सबैभन्दा कम हो ।

अहिले सर्बियाको जनसंख्या ७० लाख रहेकोमा सन् २०५० सम्ममा १५ प्रतिशतले घट्ने राष्ट्रसंघले अनुमान गरेको छ । सरकारले महिलाहरुको प्रजननदर वृद्धिका लागि एउटा अनौठो योजना पनि ल्याएको छ । जस अनुसार जन्मदर कम भएका क्षेत्रहरुमा एक दुईतले घरहरु बढि मात्रामा निर्माण गरिनेछ ।

बढि अग्लो घरमा बस्ने दम्पत्तिहरुमा भन्दा स साना घरमा बस्ने दम्पत्तिहरुमा जन्मदर बढि भएको अनुसन्धानले देखाएको छ । त्यही अनुसन्धानलाई आधार मानेर जन्मदर कम भएका क्षेत्रमा सरकार आफै साना घर निर्माणमा लागेको हो ।

Logo