काठमाडौँ
संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधिश चोलेन्द्रशम्शेर जबराको सुनुवाइ प्रक्रिया सुरु गरेको छ ।
समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले जवराविरुद्ध उजुरी दिन आज सोमबारबाट आह्वान गर्ने निर्णय गरेको हो । गत बिहीबार बसेको संवैधानिक परिषदको बैठकले जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णयसहित सुनुवाइ गर्न समितिलाई पत्राचार गरेको थियो ।
सोही पत्रका आधारमा समितिले सोमबारदेखि दश दिनसम्मका लागि जबराविरुद्ध उजुरी माग गर्ने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । उजुरी दिने म्याद सकिएपछि उजुरीकर्तासँग आवश्यक छलफल गर्नुपर्ने प्राबधान छ । उजुरीकर्तासँगको छलफलपछि जबरासँग सुनुवाइ थालिनेछ ।
सुनुवाइ चित्त बुझेमा जबराको नाम अनुमोदन हुनेछ । समितिले अनुमोदन गरेपछि जबरालाई राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।





























प्रतिक्रिया