काठमाडौँ
चक्रपथको कोटेश्वर कलङ्की सडक निर्माण पूरा हुँदै गर्दा कलङ्कीदेखि महाराजगञ्ज सडकको अध्ययन पनि सुरु भएको छ ।
यो सडकमा कति ‘अण्डर पास’ तथा कति आकाशे पुल आवश्यक पर्ने र त्यसका लागि कति लगानी चाहिने जस्ता कुरा अध्ययनले टुङ्गो लगाउने सडक विभागका सहप्रवक्ता रमेशकुमार सिंहले बताउनुभयो ।
चिनियाँ सरकारले नै निर्माण गर्ने झण्डै १२ किलोमिटर लामो यो सडक कोटेश्वर कलङ्की सडक जस्तै आठ लेनको हुने जानकारी दिँदै उहाँले भन्नुभयो, “मुख्य लेन र सहायक गरेर आठ लेनको हुने र दुवैतर्फ एकएक लेनको सर्भिस ट्र्याक हुनेछ ।”
सरकारले यो सडकको सात ठाउँमा आकाशे पुल निर्माण सुरु गरेको छ । सम्झौतामा उल्लेख भए अनुसार चिनियाँ निर्माण कम्पनीले निर्माण गरेको तीन पुल पर्याप्त नभएपछि सरकार आफैँले थप पुल निर्माण थालेको हो ।





























प्रतिक्रिया