सीके राउतलाई नवलपरासी झिकाउन आदेश

सीके राउतलाई नवलपरासी झिकाउन आदेश

केन्द्रबिन्दु
0
Shares

परासी

स्वतन्त्र मधेस गठबन्धन (सीके राउत समूह) का संयोजक डा. सीके राउतलाई नवलपरासी जिल्ला झिकाउन अदालतले आदेश दिएको छ । पश्चिम नवलपरासी जिल्ला अदालतमा शुक्रबार भएको थुन छेक बहसमा राउतको मुद्दा नवलपरासीमा पनि चलेकाले बयानका लागि नवलपरासी झिकाउन भनिएको हो।

जिल्ला न्यायाधीश हेमबहादुर सेनको इजलाशले गरेको थुनछेक बहसमा उक्त समूहका उपसंयोजक कैलाश महतोलाई सिरहा जिल्ला अदालत पठाउने आदेश दिइएको छ । उनीहरु विरुद्ध ‘राज्यविरुद्धको संगठित अपराध’मा मुद्दा चलेको छ ।

उक्त मुद्दामा डा राउत रौतहट जिल्लामा थुनामा छन् भने उपसंयोजक महतो नवलपरासीमा थुनामा छन् । आदेशमा उपसंयोजक महतोलाई २ लाख पचास हजार धरौटीसमेत माग गरिएको छ । धरौटी मागसँगै महतोलाई सिरहा जिल्ला अदालतमा उपस्थित गराउने प्रहरीको जिम्मा लगाइएको छ ।

Logo