राजविराज
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–७ वभनगामामा शुक्रवार साँझ आगलागी हुँदा १३ घर जलेर नष्ट भएको छ । स्थानीय विन्देश्वर साफीको घरवाट आगलागी सुरु भएको हो ।
आगलागीबाट झण्डै ४० लाख भन्दा बढीको क्षति भएको तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष शतिसकुमार सिंहले जानकारी गराए । ‘यो प्रारम्भीक अनुमान मात्रै हो’, सिंहले भने, ‘क्षतिको विवरण संकलन कार्यपछि मात्रै यकिन तथ्यांक प्रस्तुत गर्न सकिन्छ ।’ आगलागीमा परि विन्देश्वर साफिको ३ वटा घर, एक लाख नगद र पशु चौपाया समेत जलेर नष्ट भएको छ । छोराले विदेशबाट घर बनाउन पठाएको पैसा समेत आगोमा खरानी भएको साफिले बताए ।
त्यस्तै स्थानीय सिकी साफिको दुईवटा, परसादी साफिको दुईवटा, प्रयाग साफिको दुईवटा, हनुमानि रजकको २ वटा मजाई साफिको एउटा र छोटेलाल साफिको समेत एउटा घर जलेर नष्ट भएको वडा अध्यक्ष गुलाव प्रसाद सिंहले जानकारी गराए ।
धान काटन अधिकांश गाउँलेहरु खेत तिर रहेको र साना बालबालिकाहरु मात्रै वस्तीमा रहेका वेला एक्कासी आगलागी सुरु भएको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन । आगलागीका कारण घरमा रहेको लत्ताकपडा, खाद्यान, नगद तथा गरगहना लगायतका सामग्रीहरु जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।
नागरिकबाट





























प्रतिक्रिया