सीके राउतलाई नवलपरासी झिकाउन अदालतको आदेश

सीके राउतलाई नवलपरासी झिकाउन अदालतको आदेश

केन्द्रबिन्दु
0
Shares

नवलपरासी । स्वतन्त्र मधेश अभियानका अभियान्ता डा. सीके राउतलाई नवलपरासी जिल्ला झिकाउन अदालतले आदेश दिएको छ । पश्चिम नवलपरासी जिल्ला अदालतमा शुक्रबार भएको थुन छेक बहसमा राउतको मुद्दा नवलपरासीमा पनि चलेकाले बयानका लागि नवलपरासी झिकाउन आदेश दिएको हो ।

जिल्ला न्यायधीश हेमबहादुर सेनको इजलाशले गरेको थुन छेक बहसमा उक्त समूहका उपसंयोजक कैलाश महतोलाई सिरहा जिल्ला अदालत पठाउने आदेश दिइएको छ। उनीहरु विरुद्ध ‘राज्यविरुद्धको संगठित अपराध’ मा मुद्दा चलेको छ।

उक्त मुद्दामा डा. राउत रौतहट जिल्लामा थुनामा छन् भने उपसंयोजक महतो नवलपरासीमा थुनामा छन्। महतोलाई २ लाख पचास हजार धरौटीसमेत माग गरिएको छ। धरौटी मागसँगै महतोलाई सिरहा जिल्ला अदालतमा उपस्थित गराउने प्रहरीको जिम्मा लगाइएको छ।

महोत्तरी घर भएका महतो गत असोज २७ गते राज्यविरुद्ध भाषण गरेको अभियोगमा परासी बुद्धचोकबाट पक्राउ परेका थिए। उनीसँगै पक्राउ परेका समूहका नवलपरासी जिल्ला संयोजक श्रीकृष्ण यादवलाई अदालतले १ लाख पचास हजार धरौटीमा रिहा गर्ने आदेश दिएको छ । धरौटी रकम बुझाउन नसकेपछि यादव कारागार चलान भएका छन्।

Logo