बैतडी
मौसममा आएको परिवर्तनका कारण बिहीवार बिहानैदेखि बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपात भएसंगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ लगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीको खोडपे र बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ ।
बझाङको साइपाल गाउँपालिका, सुर्मा गाँउपालिका, छबीसपाथीभेरा गाउँपालिका, र बुंगल नगरपालिकाको माथिल्लो भेगमा हिमपात भएको छ । यस्तै दार्चुलाको अपी, राप्ला , घुसा, खण्डेश्वरी, छिङरु, व्यास, तिङकर लगायतका ठाउँमा हिमपात भएको जानकरी दिँदै प्रेम चुनाराले भन्नुभयो “दार्चुलाका उत्तरीक्षेत्रमा सबै स्थानमा हिमपात भएको छ ।
डँडेल्धुराको भिमदत्त राजमार्गको शाहुखर्क , हगुल्टे लगायतका स्थानमा हिमपात भएको स्थानीय प्रकाश पार्कीले जानकारी दिनुभयो । उता बाजुराको उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएको छ । बर्षासंगै हिउ परेर चिसो बढे पनि बाली सप्रिने भन्दै किसानहरु खुसी भएका छन् । हिमपातले हिमपातका कारण चिसो बढेकोले बृद्धबृद्धा, बालबालिका तथा दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग बढी प्रभावित भएका छन् ।
बुधवारदेखि एक्कासी मौसम बदली भै पानी पश्चात् बिहीवार हिमपात भएपछि, यहाँका साधारण तथा स्थानीय ब्यक्तीहरु चिसोले प्रभावित बनेका हुन् ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया