देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
वाइडबडी खरिदमा भएका १४ गल्ती
नेपाल वायु सेवा निगमले वाइडबडी विमान खरिद गर्दा बिभिन्न १४ प्रकारको गल्ती गरेको भेटिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज संसदको सार्वजनिक लेखा समितिमा पेश गरेको प्रतिवेदन अनुसार उक्त गल्ति फेला पारेको देखिन्छ । कार्यालयले खरिद ऐन २०६३ ले ब्यबस्था गरे भन्दा फरक ढंगले प्रक्रिया अपनाएर सार्वजनिक खरिद ऐनका १४ वटा दफा उल्लंघन गरेको जनाएको छ। कार्यलयले टेन्डर प्रक्रियादेखि नै गडबडी देखिएको ठहर गरेको छ।
जन्ती लिएर युपीका मूख्यमन्त्री कसरी ओर्लिए जनकपुर ? (भिडियोमा)
भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आइपुगेका छन् । उनलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतlले स्वागत गरेका छन् । उनी विशेष विमान मार्फत अयोध्याबाट भगवान रामचन्द्रको जन्ती लिएर आएका हुन् । उनले झण्डै ६ घण्टा जनकपुरमा बिताउने छन् ।उनले जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यतालिका छ ।
प्रदेश ३ को राजधानी हेटौडा- मुख्यमन्त्री पौडेल
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी हेटौडा नै हुने बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री पौडेलले अहिलेको अस्थायी राजधानी हेटौडा नै स्थायी राजधानी हुने दाबी गरेका हुन्।
‘गोदामचौर ग्याङ् रेप’ काण्डका अभियुक्तहरु फेरि पक्राउ
‘गोदामचौर ग्याङ् रेप’ काण्डका रुपमा चर्चित काण्डका अभियुक्तहरु फेरि पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले ललितपुरको गोदावरी–१ गोदामचौरका विशालध्वज कार्की र पवन कुँवरलाई पक्राउ गरेको हो ।
सरकारसँग देउवाको बार्गेनिङ् (भिडियोसहित)
मुख प्रतिपक्ष दलका नेता एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि संवैधानिक परिषदले बुधबार पनि प्रधानन्यायाधिश नियुक्तीको सिफारिस गर्न सकेन ।
प्रधानन्यायाधिश सिफारिस गर्ने योजनाका साथ बोलाइएको संवैधानिक परिषदको बुधबार बिहानको बैठक पनि प्रतिपक्ष दलका नेता देउवाले आउने सम्भावना नभएको जानकारी गराएपछि बिहिबार बिहान नौं बजे पुनः बस्ने गरी स्थगित गरिएको हो । प्रमुख प्रतिपक्ष दलका नेता देउवाले ढिला गरी बैठकमा आउन नसक्ने जानकारी गराएपछि आजको बैठक पनि भोलीसम्मका लागि स्थगित गरिएको राष्ट्रियसभाका अध्यक्ष एवम् परिषदका सदस्य गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
वाइडबडी प्रकरण: लेखा समितिको उपसमिति संयोजक बन्न सांसदहरुलाई डर !
बुधबार बिहान प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठक बस्यो। बैठकमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज खरिद प्रकरण प्रस्तावमाथि छलफल हुँदा उपसमिति गठन गरेर छानविन गर्ने बिषयमा सांसदहरुबीच सहमति जुट्यो ।
प्रधानमन्त्रीलाई तारो बनाईरहेका बाबुरामको बाहिरियो यस्तो कर्तुत
यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली र वर्तमान सरकारको र्चातर्फी आलोचना भईरहेको छ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा पत्ता लाग्न नसकिरहेको बेला सबैले सरकार र प्रधानमन्त्रीको आलोचना गरिरहेका हुन् ।
हरेक कदमहरु चाल्दा सरकार आलाचित बन्दै गएको देखिन्छ । यो आलोचना गर्ने सबैभन्दा अग्रपंक्तिमा छन्, पूर्वप्रधानमन्त्री एवंम नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई । उनले सरकारका हरेक कदमको आलोचना गर्दै आएका छन् । पछिल्लो समय उनी सामाजिक सञ्जालमा बढी व्यस्त देखिन्छन् । सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्रीको आलोचना गर्दै आएका हुन् । निर्मला प्रकरणबारे टिप्पणी गर्दा डा. भट्टराईको विगतमा गरेको कालो कर्तुत बाहिर आएको छ ।
ईपीएल: भैरहवाको लगातार तेस्रो जित
एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा भैरहवा ग्लाडियटर्सले विराटनगरलाई ४ विकेटले पराजित गरेको छ। भैरहवाको यो लगातार तेस्रो जितसंगै क्वालिफायर्सको संभावना बलियो बनाएको छ ।
निर्मलाको जन्मदिनमा आत्मशान्तिको लागि भन्दै सडकमै होम
बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको जन्मदिनको अवसरमा सडकमै होम गरिएको छ । गत साउन ११ गते मृत अवस्थामा फेला परेकी निर्मलाको आत्माको शान्तिको लागि भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि सडकमै होम गरिएको हो ।
जन्म दिनको अवसर पारेर गरिएको होममा निर्मलाकी आमा दुर्गादेवी, नागरिक समाज तथा स्थानीय र अधिकारकर्मीको सहभागिता रहेको थियो ।





























प्रतिक्रिया