रुकुम पश्चिम । बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीमाथि आक्रमण भएको छ । घरमै सुतिरहेका बेला मंगलबार राति अध्यक्ष केसीमाथि ढुङ्गा प्रहार भएको हो ।
गाउँपालिकाको वडा नम्बर ४ मा सुतिरहेका गाउँपालिका अध्यक्षमाथि विवाहबाट फर्किरहेका युवाले ढुङ्गा प्रहार गरी आक्रमण गरेको प्रहरीले जनाएको छ ।
कुटपिटपछि अध्यक्ष केसीको टाउकोमा ३ वटा टाँका लगाइएको छ भने अनुहारमा पनि चोट लागेको छ । मदिरा सेवन गरेका युवाहरुले अध्यक्ष केसीको घरबाहिर राखिएका भाँडाकुँडा तोडफोड गरेका थिए ।
सुतिरहेका अध्यक्षले घर बाहिरै आएर त्यसो नगर्न आग्रह गर्दा उनीमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । घटनामा संलग्न ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।































प्रतिक्रिया