समयको ख्याल नगर्दा ओलीलाई ४ नेताको दनक (भिडियोमा)

समयको ख्याल नगर्दा ओलीलाई ४ नेताको दनक (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

रामजी बलामी । प्रधानमन्त्री केपी शर्मा ओली समयको खासै ख्याल नगर्ने नेताहरुको सूचिमा अग्रपंक्तिमा पर्छन् । ओली कहिलेकाँही राष्ट्रियस्तरका औपचारिक कार्यक्रमहरुमा समेत एक डेढ घण्टा ढिलो पुग्ने गर्छन् ।

कहिलेकाँही फेरि साना कार्यक्रम गएर पनि एक डेढ घण्टा भाषणा गरि दिन्छन् । दर्शकहरु हाँस्न थालेपछि उनले झनै हाँस्यरस मिश्रित उखान टुक्काहरु फुराउँछन् ।

ओलीको यो बानीले एकातिर कार्यक्रमका अन्य वक्ताहरुको समय खेर गईरहेको हुन्छ भने अर्काेतिर उनको आतिथ्य कुरिरहेकाहरुको समय खेर गईरहेको हुन्छ ।

सार्वजनिक कार्यक्रमहरुमा आयोजकलाई कुराउनु त सामान्य जस्तै बनिसक्यो । हुँदा हुँदा पार्टीको विभिन्न बैठकमा समेत ओलीको उपस्थिती खेँलाची किसिमले हुने गरेको छ । ढिलो आएर चाँडै जान खोज्ने प्रधानमन्त्री ओलीको बानी नै हो ।

उनको यही बानीबाट धेरै नेताहरु आजित थिए । उनको यो बानीबाट पीडित हुनेमा नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि सचिवालय सदस्यहरु माधव नेपालसमेत छन् ।

बैठकमा समयमै उपस्थित हुने बारे पटक पटक छलफल गर्दा पनि ओलीको यो नानीदेखि लागेको बानी कहिल्यै सुध्रिएन । पटक पटक स्थगित हुँदै गत शनिवारलाई साइत जुरेको नेकपाको सचिवालय बैठकमा पनि प्रधानमन्त्री ओली ढिला गरी उपस्थित भए ।

उनीसँगै अर्का अध्यक्ष प्रचण्ड, सचिव विष्णु पौडेल लगायत पाँच जना नेता ढिला गरी बैठकमा आए । बारम्वार बैठकमा छलफल गर्दा पनि अटेर गरेपछि चाँडै बैठकस्थल बालुवाटार पुगेका ४ नेताले एक्सन लिए ।

सचिवालय बैठकमा १५ मिनेटभन्दा बढी नकुर्ने सहमति नै गरिएको थियो । आधा घण्टा कुर्दा पनि बैठकमा नआई पुगेपछि ‘सोझो औंलाले घ्यू नआए औँला बंग्याउनुपर्छ’ भन्ने उखानलाई चरितार्थ गर्दै उनीहरु बैठकस्थलबाटै बाहिरिए । यसरी बाहिरिनेहरुमा माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ थिए । थप भिडियोमाः

Logo