उत्तर प्रदेशका मुख्यमन्त्री निजी विमानमा जन्ती बनेर जनकपुर आउँदै

उत्तर प्रदेशका मुख्यमन्त्री निजी विमानमा जन्ती बनेर जनकपुर आउँदै

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम । भोलि हुने विवाहपञ्‍चमी समारोहमा सरिक हुन भारत उत्तर प्रदेशका मुख्‍यमन्त्री योगी आदित्यनाथ आफ्‍नै निजी विमानबाट जनकपुर आउने भएका छन्। उनी बुधबार बिहान १० बजे जनकपुर आउने कार्यक्रम रहेको छ ।

जनकपुरको ‘अतिथि देवो भवः’ संस्कार अनुसार अतिथिलाई आदर सत्कार गर्न ९० प्रतिशत तयारी भइसकेको र बाँकी १० प्रतिशत तयारी मंगलबार रातिसम्म पूरा प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।

बुधबार १० बजे जनकपुर विमानस्थलमा आइपुग्ने योगीको प्रदेश २ सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ। योगीको सुरक्षाका लागी २५ सय नेपाल प्रहरी, ७ सय सशस्त्र प्रहरी परिचानल गरिएको छ । ३ सय सैनिक परिचालन गरिएको छ र २ सय ५० जना सादा पोसाकका प्रहरी परिचालन गरिएको छ ।

यस्तै नगरको ठाउँ ठाउँमा सिसिटीभी क्यामेरा जडान गरिएको र २ वटा ड्रोन क्यामेराले पनि गतिविधि निगरानी गर्ने व्यवस्था मिलाइएको छ ।

साढे १० जनकपुर पुग्ने योगीले सर्वप्रथम जानकी मन्दिर पुगेर आधा घण्टा जति पूजा गर्ने कार्यक्रम रहेको छ । त्यसपछि सबै मन्त्रालयहरु रहेको ‘मधेश भवन’ जाने कार्यक्रम रहेको छ ।

योगीको मधेश भवनमा मिथिला संस्कृति अनुसार स्वागत गरिने साथै योगीसाथै आएका साधुसन्तहरुलाई दिवाभोजमा सहभागी गराउने छ । मिथिलाको ५६ प्रकारको भोजन गराइसकेपछि योगीको टोली ऐतिहासिक बाह्रविघा गई स्वंयम्वर कार्यक्रममा सहभागी हुनेछ ।

Logo